समाचार

फिल्म ‘रुमानीरंग’का लागि ड्रेस तयार गर्दै आई आई एफटी का विद्यार्थी

काठमाडौं । आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा अध्यनरत सिनिअर डिजाइनरहरुले निर्माणाधिन नेपाली फिल्म ‘रुमानी रंग’का लागि ड्रेस डिजाइन गर्ने भएका छन् । यो फिल्ममा साम्राज्ञी राज्य लक्ष्मी शाह र धिरज मगरको अभिनय रहेको छ । उक्त फिल्मका तीन गीतका अलावा मुख्य दृश्यका लागि आईआईएफटीमा अध्यनरत २० जना बिद्यार्थीले ड्रेस तयार गर्ने सम्झौता भएको छ ।  ड्रेस डिजाइनमा सहकार्य गर्नेबारे प्रोडक्सन कम्पनी ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरबीच सम्झौता भएको आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइन डेपुटी जेनेरल म्यानेगर अन्जली महर्जनले जानकारी दिइन्् । सम्झौता पत्रमा आईआईएफटीका तर्फबाट डेपुटी जेनेरल म्यानेगर अन्जली महर्जन र शिक्षा बिभाग प्रमुख उत्कृष्टबिक्रम खड्का तथा ग्लोबल मिडियाको तर्फबाट प्रमुख निर्माता हरि मल्ल र प्रस्तुतकर्ता जीएम ठकुरीले हस्ताक्षर गरेका छन् ।आईआईएफटीका फेसन डिजाइनरहरुले मुख्य कलाकारका अलावा निर्माता, निर्देशक तथा नृत्य निर्देशकसँग पनि फिल्ममा उपयोग हुने डिजाइनबारे छलफल गरेका थिए । यस फिल्मलाई अनिल योञ्जनले निर्देशन गर्दैछन् । उक्त फिल्मको ९०  प्रतिशत छायाँकन अस्ट्रेलियामा बताइएको छ ।

Read more

नेपाल चलचित्र संघको कार्यसमितिलाई कलाकार संघको बधाई सम्मान, मनाइयो अध्यक्षको जन्मदिन

नेपाल चलचित्र कलाकार संघले एक समारोहका बिच नेपाल चलचित्र संघको नव निर्वाचित कार्यसमितिलाई स्वागत, बधाई–सम्मान गरेको छ । कार्यक्रममा बधाई...

Read more

बाँकेमा युवकको हत्या गरिएको अवस्थामा शव फेला

बाँके चैत १८ गते ।नेपालगन्ज उपमहानगरपालिका–२१ विर्तामा एक जना युवकको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । जिल्ला प्रहरी...

Read more

मिरुनाको पछि डोको बोकेर दयाहाङ

काठमाडौं,१८ चैत्र ।  `घर ज्वाइँ´ फिल्मको दुई डिजाइनका क्यारेक्टर लुक्स आइतबार सार्वजनीक गरिएको छ । अनिल बुढा मगर निर्देशीत फिल्मको एउटा...

Read more

 सिनेमाका नयाँ बजार र अवसरहरुको खोजी

काठमाडौँ। सिनेमाका नयाँ बजार र अवसरहरुबारेमा संवाद कार्यक्रम सम्पन्न भएको छ। चैत्र १ गते देखि काठमाडौँमा चलिरहेको सातौं नेपाल अन्तरास्ट्रिय...

Read more

हेटौंडामा चलचित्र पत्रकार संघ नेपाल प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला सुरु

हेटौडा । चलचित्र पत्रकार संघ नेपाल, केन्द्रीय कार्यसमितिको आयोजना र चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाको सह–व्यवस्थापनमा बागमती प्रदेशको राजधानी...

Read more

‘ह्रस्व दीर्घ’ मा ब्रह्मानन्दमको पण्डित अवतार ‘ह्रस्व दीर्घ’

दक्षिण भारतीय चलचित्रका चर्चित कलाकार ब्रम्हानन्दमको जन्मदिनको अवसर पारेर चलचित्र ‘ह्रस्व दीर्घ’ को फर्स्ट लुक र प्रदर्शन मिती सार्वजनिक गरिएको...

Read more

रत्ननगर-८ मा विपन्न,ज्येष्ठ नागरिक,फरक क्षमता भएका र एकल महिलालाई न्यानो कपडा वितरण 

रत्ननगर,माघ ५- रत्ननगर नगरपालिका वडा नम्वर-८ का विपन्न,ज्येष्ठ नागरिक,फरक क्षमता भएका र एकल महिलालाई न्यानो कपडा वितरण गरिएको छ।  वडा...

Read more

विराज भट्टका छोरा समिर भट्टले १२ गाउँबाट डेब्यू गर्ने

नायक विराज भट्टले आफ्ना छोरा समीर भट्टलाई फिल्म ‘१२ गाउँ’बाट डेब्यू गराउने पक्का भएको छ । यो फिल्मको निर्देशन विराज...

Read more

डुडुवा गाउँपालिकाले खरिद गरेको फर्निचर तथा फिक्वर्समा व्यापक अनियमितता ।

पुष २७बाँके ।बाँकेको डुडुवा गाउँपालिककाले गत आर्थिक वर्षमा खरिद गरेको फर्निचर तथा फिक्वर्समा व्यापक अनियमितता भएको पाईएको छ । स्रोतका...

Read more
Page 24 of 108 1 23 24 25 108

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१