नेपाल चलचित्र कलाकार संघले एक समारोहका बिच नेपाल चलचित्र संघको नव निर्वाचित कार्यसमितिलाई स्वागत, बधाई–सम्मान गरेको छ । कार्यक्रममा बधाई ग्रहण गर्न नेपाल चलचित्र संघका नव निर्वाचित अध्यक्ष नरेन्द्र महर्जन एवं सदस्य गोपालकाजी कायस्थ उपस्थित भएका थिए । संघका तर्फबाट अध्यक्ष मोहन निरौला, निवर्तमान अध्यक्ष रविन्द्र खड्का, महासचिव सविन श्रेष्ठ, कोषाध्यक्ष सुनिल कटुवाल, सहकोषाध्यक्ष पवित्रा आचार्य सहित कार्यसमितिका तर्फबाट बधाई ज्ञापन गरिएको थियो । कार्यक्रममा वरिष्ठ अभिनेता शिव श्रेष्ठ, धिरेन शाक्य, वरिष्ठ अभिनेता लय संग्रौला, संगीतकार चेतन सापकोटा, संvगीतकार सन्तोष श्रेष्ठ, कलाकार उत्तम केसी, चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी सहित पत्रकार एवं चलचित्रकर्मीहरुको उपस्थिति रहेको थियो । भाइचारा अभिवृद्धि गर्दै संघको सहचार्यमा चलचित्र उद्योगलाई अझै परिस्कृत, विकसित बनाउँदै अघि बढ्न संघ तयार रहेको बधाई– सम्मान मा भनिएको छ । कार्यक्रम संचालन वरिष्ठ पत्रकार शान्तिप्रियले गरेका थिए ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाको जन्मदिन पनि सोही अवसरमा परेकाले जन्मदिन कार्यक्रम पनि मनाइएको छ । अहिले चलिरहेको चल्ती र पश्चीमा शैलीको नक्कलको अनुसरणको उपेक्षा गर्दै मोहन निरौलाले द्वीप प्रज्वलन गरी जन्मदिन मनाए । शरीर पंचतत्वले बनेको हुन्छ भन्दै ५ मैनबत्ती बालेर निरौलाले फरक शैलीमा जन्मदिन मनाएका छन् । साथै केक नकाटेर जन्मोत्सवमा टीका ग्रहण गर्दै उपस्थित चलचित्रकर्मी, संगीतकर्मी एवं पत्रकारबाट शुभेच्छा निरौलाले लिएका थिए । कलाकार एवं संघकी कोषाध्यक्ष पवित्रा आचार्य, निवर्तमान अध्यक्ष रविन्द्र खड्का एवं संघका महासचिव सविन श्रेष्ठको सक्रियतामा कार्यक्रम भएको थियो ।


>









Discussion about this post