Date
सोम, साउन ४, २०८३
Mon, July 20, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘द रेड सुटकेस’को ट्रेलरमा पनि उस्तै रहस्य  

Nepalok by Nepalok
२० चैत्र २०८०, मंगलवार १६:५५
in भिडियो, मनोञ्जन
0
‘द रेड सुटकेस’को ट्रेलरमा पनि उस्तै रहस्य  
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २० चैत
चलचित्र ‘द रेड सुटकेस’को सोमबार काठमाडौंमा एक समारोहबीच ट्रेलर रिलिज गरिएको छ । यो चलचित्र नयाँ वर्ष २०८१ को अबसर पारेर यहि ३० चैतबाट रिलिज हुने भएको छ । रिलिज नजिकिँदै गर्दा यसको ट्रेलर रिलिज गरिएको हो । चलचित्रको ट्रेलरलाई निर्माण संस्था आईसफल प्रोडक्सनको ‘आईसफल प्लस’ युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । यो ट्रेलर सिनेमा हलमा भने शुक्रबारबाटै सार्वजनिक गरिएको हो ।
म्यास्टिक रियालिटी जनरामा निर्माण गरिएको यो चलचित्रको २ मिनट १० सेकेन्डका ट्रेलर एउटा रातो सुटकेशको वरिपरी घुमेको छ । ट्रेलर अनुसार एयरपोर्टबाट एउटा रातो सुटकेश लिएर अभिनेता सौगात मल्ल सिन्धुलीको गाउँतर्फ लाग्छन् । गाडी लिएर सौगात गाउँ जाँदा यात्रामा भेटिएका पात्र विपिन कार्की, सृष्टी श्रेष्ठको बार्ता र यात्रामा आईपर्ने घटनालाई ट्रेलरमा समेटिएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल अघिबाट सुटकेश हराएको होकी गाडीमा लगिएको हो भन्ने रहस्य ट्रेलरमा रहेको छ । यात्रामा अभिनेता प्रविण खतिवडाले रातो सुटकेश लिएर सडक, जँगल तथा खोलामा हिडेको दृष्य आफैंमा अर्को रहस्य छ । यस्ता विविध रहस्य समेटेर यो चलचित्रको ट्रेलर ल्याईएको छ । टिजरको रिलिजबाटै चर्चामा रहेको यो चलचित्रको निर्माण टिमले ट्र्ेलर पनि चलचित्रको कथा र कथा वाचनको शैली प्रस्तुत गरेको छ ।


जर्मनीबाट भिजुअल एन्थ्रोप्लोजीमा विधावारिधी गरेका फिडेल देवकोटाले यो चलचित्र निर्देशन गरेका हुन् । देवकोटाले नै लेखेको द रेड सुटकेसको ट्रेलर कथा बाचन शैलीमा तयार गरिएको छ । टिजर जस्तै यो चलिचत्रको ट्रेलरमा पनि छायाँकन, ध्वनि र रङको गज्जब सम्मिश्रण देख्न सकिन्छ । चलचित्रका मुख्य कलाकार सौगात मल्ल, विपीन कार्की, प्रविण खतिवडा र सृष्टि श्रेष्ठलाई ट्रेलरमा समेटिएको छ । यो चलचित्रको बारे निर्देशक फिडेलले ट्रेलर रिलिज कार्यक्रममा भने,‘हामीले मिथक शैलीमा नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर यो चलचित्रको कथा तयार गरेका छौं । अहिलेको बर्तमान समयको दस्ताबेजको रुपमा यो चलचित्रलाई निर्माण गरिएको छ ।’
चलचित्रमा सवारी चालकको भूमिका निर्वाह गरेको सौगात मल्लले ट्रेलर रिलिज समारोहमा बोल्दै नेपालीका युवाहरु बिदेशमा पलायन हुुनु दुःखको कुरा भएको बताए,‘चलचित्र द रेड सुटकेसमा काम गर्दै गर्दा मैले आफुसँग पढेको धेरै साथीहरुलाई सम्झिएँ । ती मध्य अधिकाँस साथीहरु अहिले बिदेशमा बैदेशिक रोजगारीमा भएको मैले पाएँ ।’ यस्तै बैदेशिक रोजगारीमा जानेहरुको कथामा आफु यो चलचित्रमा जोडिएको सौगातले बताए ।


यस अघि अन्तराष्ट्रिय बृत्तमा अवार्ड जितेका चलचित्र ऐना झ्यालको पुतली, हल्कारा निर्माण गरेको रामकृष्ण पोखरेलले द रेड सुटकेशलाई दुर्लभ नेपाली चलचित्रको उपमा दिए,‘भोली यस्ता चलचित्र फेरी निर्माण हुन नसक्ला । त्यही भएर यो दुर्लभ चलचित्र नेपाली दर्शकमाझ हामीले ल्याएका हौं ।’ उनले भने,‘विभिन्न अन्तराष्ट्रिय महोत्सबमा थुप्रै अवार्ड जितेको यो चलचित्रमा त्यस्तो के रहेछ भन्ने जिज्ञाँसा धेरैको रहेको छ । अब ३० चैतबाट यो चलचित्रले दर्शकको जिज्ञासा मेट्ने छ ।’
अर्का अभिनेता प्रविण खतिवडाले यो चलचित्रको छायाँकन पछि बैदेशिक रोजगारीबाट रातो बाक्सामा आएका चार जना आफन्तको शब आफुले जलाईसकेको बताए,‘अहिले बैदेशिक रोजगारमा गएकाहरुको अबस्था बिकराल छ । चलचित्र द रेड सुटकेश हेरेपछि पनि हामीले मुलुकको वर्तमान युवाहरुको समस्यालाई अझ बुझ्ने छौं ।’ प्रविणले यसमा आफ्नो भूमिका भने केही रहस्यमय भएको बताए ।
श्रीलँका र भातरमा प्राविधिक कार्य गरिएको यो चलचित्रको दृष्यसँगै ध्वानी निकै ससक्त रहेको छ । यो चलचित्रको सम्पादन श्रीलँकामा समन अलभितिगाले गरेका हुन् । चलचित्रको छायाँकार सुसन प्रजापति हुन् । यो चलचित्रको छायाँकनबारे सुसनले भने,‘बिगतमा म चलचिककालागि सुन्दर देखिने दृष्यहरु बढी खिच्ने गर्थें । तर यसपटक यो चलचित्रमा निर्देशक फिडेलले सुन्दर हैन, नेपाली समाजको यथार्थ देखिने दृष्यको माग गरेपछि सिनेमामा हामीले नेपाली समाजलाई उतारेका छौं ।’


गत वर्षको सेप्टेम्बरमा भेनिसमा वल्र्ड प्रिमियर भएको यो चलचित्रले त्यही फेस्टिभलमा महत्वपूर्ण दुई अवार्ड जितेको थियो । चलचित्रले भेनिसमा फन्डापजियोनी फाई पर्सना लाभारो एम्बिएन्टेजमा अनरेबल मेन्सन अवार्ड पाएको थियो भने स्वतन्त्र समीक्षकहरुको संस्था बिसाटो डिओरोले डेब्यु फिल्म निर्देशकको रुपमा निर्देशक फिडेल देवकोटालाई बेस्ट फस्ट फिचर फिल्मको अवार्ड प्रदान गरेको थियो । त्यसयता चलचित्र संसारकै पुरानोमध्ये एक मानिने जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल, भारतको मुम्बई फिल्म फेस्टिभल आदि फेस्टिभलमा प्रदर्शन गरिएको थियो ।
फिल्मले श्रीलंकामा सम्पन्न जाफ्ना इन्टरनेसनल सिनेमा फेस्टिभलमा पनि बेस्ट डेब्यु फिचर फिल्मको अवार्ड जितेको हो । आइसफल प्रोडक्सनका लागि रामकृष्ण पोखरेलले निर्माण गरेको यो चलचित्रको बाँकी निर्मातामा फिडेल देवकोटा, शोभा थापा र सह निर्मातामा श्रीलंकाका विमुक्ति जयसुन्दरा रहेका छन् ।

Previous Post

बाँकेमा युवकको हत्या गरिएको अवस्थामा शव फेला

Next Post

नेपाल चलचित्र संघको कार्यसमितिलाई कलाकार संघको बधाई सम्मान, मनाइयो अध्यक्षको जन्मदिन

Next Post
नेपाल चलचित्र संघको कार्यसमितिलाई कलाकार संघको बधाई सम्मान, मनाइयो अध्यक्षको जन्मदिन

नेपाल चलचित्र संघको कार्यसमितिलाई कलाकार संघको बधाई सम्मान, मनाइयो अध्यक्षको जन्मदिन

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal