पुष २७
बाँके ।
बाँकेको डुडुवा गाउँपालिककाले गत आर्थिक वर्षमा खरिद गरेको फर्निचर तथा फिक्वर्समा व्यापक अनियमितता भएको पाईएको छ ।
स्रोतका अनुसर पालिकाले गत आर्थिक वर्ष २०७९\८० मा फर्निचर तथा फिक्वर्स खरिदमा ३३ लाख ५७ हजार ४३ रुपैँया खर्च गरेको छ ।

फर्निचर तथा फिक्वर्स खरिदमा कस्तोसम्म देखिएको छ भने पालिकाको कर्मचारी आफैं बढि मूल्य राखि बिना टेन्डर विभिन्न फर्जी आपूर्तिकर्ताको नाममा खरिद बिल बनाएर भुक्तानी गरेको पाइएको छ ।
विभिन्न फर्मका नाममा लेखिएको फर्निचर तथा फिक्वर्स खरिद एकै मूल्यको देखिदैन् ।
पालिकाको हरेक सामाग्रि खरिद तथा योजनामा पालिकाका योजना तथा जिन्सी र लेखापाल दुबै मिलेर गर्ने गरेको स्रोतले जनाएको छ ।
विभिन्न समयमा पालिकामा हुने अनियमितताका बारेमा विभिन्न व्यत्तिहरूले अख्तियार दुरूपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगञ्जमा उजूरी दिएको भए पनि प्रमाण नपुगेको भन्दै पालिकाका कर्मचारीको मिलेमत्तोमा उजूरी फछ्यौट हुने गरेको छ ।


>










Discussion about this post