चलचित्र २ रुपियाँ’मा समावेश गीत ‘कुटुमा कुटु’ युट्युवमा सर्वाधिक हेरिने नेपाली गीत बनेको छ । यो गीतलाई २० करोड पटक हेरिएको छ् । गीतमा राजनराज सिवाकोटी ,मेलिना राइ र् राजन इसानको आवाज रहेको छ् भने गीतमा शब्द राजनराज सिवाकोटीकै रहेक छ् ।
पार्टी, समारोहदेखि मानिसको नीजि जीवनको सेलिब्रेसनमा पनि गुञ्जिएको यो गीतमाथि विदेशीले पनि टिकटकमा भिडियो बनाएका थिए । गीतले २० करोड भ्यूज प्राप्त गरेपछि संगीतकार शिवाकोटीले यो उपलब्धिको खुशि बाँडेका छन् ।
गीतको भिडियोमा निश्चल बस्नेत, स्वस्तिमा खड्का, आसिफ शाह, बुद्धि तामाङ लगायतले अभिनय गरेका छन् । सन् २०१७ को मे २८ मा यो गीत युट्युवमा रिलिज भएको हो ।

>









Discussion about this post