Date
सोम, साउन ४, २०८३
Mon, July 20, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

 सिनेमाका नयाँ बजार र अवसरहरुको खोजी

Nepalok by Nepalok
४ चैत्र २०८०, आईतवार १२:०७
in मनोञ्जन, समाचार
0
 सिनेमाका नयाँ बजार र अवसरहरुको खोजी
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। सिनेमाका नयाँ बजार र अवसरहरुबारेमा संवाद कार्यक्रम सम्पन्न भएको छ। चैत्र १ गते देखि काठमाडौँमा चलिरहेको सातौं नेपाल अन्तरास्ट्रिय चलचित्र महोत्सव (NIFF) मा सो संवाद कार्यक्रम गरिएको हो। उक्त्त कार्यक्रम चलचित्र पत्रकार संघ नेपालको संयोजनमा महासचिव रघुनाथ सापकोटाले सहजीकरण गरेका थिए। कार्यक्रममा नेपाली चलचित्रको नयाँ सम्भावना र बजार विस्तारका सन्दर्भमा कार्यक्रममा बहस गरिएको थियो ।

बहसमा फोटो पत्रकार तथा चलचित्र निर्माता श्रीधर पौडेल,कलाकार जीतु नेपाल,हाइलाट्स नेपालका प्रवन्धक जनक तामाङ,सिनेपेवलका पुष्पलता न्यौपान सहभागी थिए।

निर्माता श्रीधर पौडेलले नेपालमा देशभर ३५ जिल्लामा रहेको चलचित्र हल बढ्नुका सट्टा विस्तारै घट्दै गइरहेको बताए । चलचित्र प्रर्दशन गरेर भन्दा पार्टी प्यालेस, होटल वा रेष्टुरेन्टमा धेरै नाफा कमाउने देखेपछि हल सञ्चालक निरुत्साहित भएको उनको भनाई छ ।

डिजिटल बजारको रुपमा संसारभर स्थापित ओटिटि प्लेटफर्म समेत नेपालमा विस्तार हुन नसकेकोमा उनले चिन्ता व्यक्त गरे । चलचित्र किनेर ओटिटिमा सञ्चालकहरुले नराख्नाले बजार विस्तार नभएको उनको तर्क छ । उनले भने, ‘कमिसन खानका ओटिटि चलाएको जस्तो देखियो । यसले न त बजार बढ्छ न दिगो नै हुन्छ ।

निर्माता पौडेलका अनुसार ओटिटि कम्पनीहरुले चलचित्रको प्रचारप्रसारमा समेत ध्यान दिएका छैनन् । ओटिटिमा चलचित्र प्रदर्शन भएपछि प्रचार प्रसारमा निर्माता निर्देशकले दौडधुप गर्नुपर्ने अनि कलाकारहरु प्रमोसनमा प्रयोग हुनुपर्ने अवस्था छ । ओटिटि कम्पनीले कुनै दायित्व लिइरहेको छैन । मात्रै कमिसन खान ओटिटि चलाएको अवस्था छ ।

डिजिटल प्लेटफर्मका सञ्चालकहरु नै विभाजित भएका कारण बजार विस्तारमा बाधा पुगिरहेको हाइलाट्स नेपालका  प्रबन्धक जनक तामाङ बताउछन् । एउटा पक्षले बनाएको ओटिटिमा अरुले चलचित्र नदिने सिण्डिकेट चलचित्र क्षेत्रमा रहेको अवस्थामा दर्शकले सबै सव्क्राइभ गर्न नसक्ने हुँदा बजार विस्तार नभएको उनी तर्क गर्छन् । भन्छन्, ‘नेपालजस्तो सानो र नयाँ बजार भएको ठाँउमा सबै मिलेर एउटा राम्रो ओटिटि सञ्चालन गर्न सके बजार विस्तारमा सघाउ पुग्छ ।’
कलाकार जीतु नेपाल ओटिटिमा खर्च गरेर दर्शकले चलचित्र नहेर्ने गरेको गुनासो गर्छन् । भन्छन्,‘हलमा चलचित्र चलिरहेको छैन । केही ओटिटि सञ्चालनमा छन् । तर कमाइरहेका छैनन ।’ कोरोना संकटको बेला खुलेका केही ओटिटि बन्द भएको उनी बताउछन् ।

उनका अनुसार सामाजिक सञ्जाललगायत डिजिटल प्लेटफाम आएपछि चलचित्रको बजार खुम्चेको छ । धेरैले फेसबुक र युट्युवमा चलचित्र हेर्न थालेका छन् । यी माध्यम नहुँदा चलचित्र भवनहरुमा ५१ दिन मनाएका थिए । अहिले यस्तो अवस्था छैन । सिने पेवलकी पुष्पलता न्यौपाने ओटिटी प्लेटफर्मको सम्भावना रहेको दाबी गरिन् । अन्तररास्ट्रीय स्तरबाट चलेकामा नेपाली चलचित्रहरु दर्शकले हेर्ने गरेको उनी बताउछिन् ।

उनका अनुसार दार्जलिङ, सिक्किममा नेपाली भाषाको चलचित्र बनाएर अन्र्तराष्ट्रिय ओटिटि नेटफ्क्सिलगायतमा बिक्रि गरिरहेका छन् । संसारभर रहेका करिव ७ करोड नेपालीभाषीले ओटिटिबाट पैसा तिरेर नेपाली चलचित्र हेर्न चाहेको तर नेपाली चलचित्रकर्मीले यस क्षेत्रमा काम गरिरहेका छैनन् ।

कलाकार जितु नेपाल भने दर्शकले पछिल्लो समय पैसा नतिरि युट्युबमा निशुल्क चलचित्र हेर्न चाहेको बताउछन् । धेरै दर्शक युट्युवमा चलचित्र खोज्ने गरेको उनको बुझाई छ ।

पछिल्लो समय आफूले बनाएको चलचित्रको कपिराइट अधिकार आफैले राख्नु पर्ने ज्ञान आर्जन गरेको कलाकार नेपाल बताउछन् । भन्छन्, ‘मैले धेरै टेलि चलचित्र बनाए । टेलिभिजनहरुलाई दिए । अहिले लाखौं भ्युज कमाएको छ । हामी पछि परेका छौं ।’ पछिल्लो समय युट्युव केन्द्रित कार्यक्रम बनाउने कि टेलिभिजन वा ओटिटिका लागि बनाउने भन्नेमा आफू दोधारमा रहेको बताउछन् ।

Previous Post

गीता ढुंगानाको प्रेममा डुबेका मानस राज 

Next Post

रचना रिमालको स्वरमा गरिमा शर्मा र राजको रोमान्स । ( भिडियो सहित )

Next Post
रचना रिमालको स्वरमा गरिमा शर्मा र राजको रोमान्स । ( भिडियो सहित )

रचना रिमालको स्वरमा गरिमा शर्मा र राजको रोमान्स । ( भिडियो सहित )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal