Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

जनसम्पर्क समिति साउदी अरबको तेस्रो राष्ट्रिय अधिवेशन निर्विरोध सम्पन्नसभापतिमा तुसङ (अर्जुन) बहादुर थापा पुनः निर्वाचित

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१३ पुष २०८२, आईतवार २०:३५
in प्रवास, राजनीति, समाचार
0
जनसम्पर्क समिति साउदी अरबको तेस्रो राष्ट्रिय अधिवेशन निर्विरोध सम्पन्नसभापतिमा तुसङ (अर्जुन) बहादुर थापा पुनः निर्वाचित
14
SHARES
59
VIEWS
Share on FacebookShare on Twitter


रियाद, साउदी अरब | ११ पौष नेपाली काँग्रेसको विदेशस्थित आधिकारिक शाखा संगठन नेपाली जनसम्पर्क समिति साउदी अरबको तेस्रो राष्ट्रिय अधिवेशन निर्विरोध नेतृत्व चयन गर्दै गत शुक्रबार, २६ डिसेम्बर २०२५ (२०८२ पौष ११) मा साउदी अरबको राजधानी रियादमा भव्य रूपमा सम्पन्न भएको छ।

अधिवेशन नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुख श्री किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यमा, नेपाली राजदूतावास रियादका श्रम काउन्सेलर श्री कबिराज उप्रेतीको विशिष्ट आतिथ्यमा सम्पन्न भएको हो।कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरब, विभिन्न राजनीतिक दलका विदेशस्थित भ्रातृ संगठनहरू, जातीय तथा जिल्लागत संघसंस्थाहरू, साउदी अरबमा क्रियाशील नेपाली बैंक तथा रेमिट्यान्स कम्पनीका प्रतिनिधिहरू, पत्रकार, समाजसेवी तथा बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

साथै साउदी अरबमा कार्यरत नेपाली काँग्रेसप्रति आस्थावान व्यक्तिहरू र जनसम्पर्क समिति साउदी अरबका सदस्यहरूको बाक्लो सहभागितामा अधिवेशन सम्पन्न भएको थियो।
अधिवेशनले निवर्तमान सभापति तथा महासमिति सदस्य तुसङ (अर्जुन) बहादुर थापालाई पुनः सभापतिमा निर्विरोध निर्वाचित गर्दै ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
नयाँ कार्यसमिति
वरिष्ठ उपसभापति
– सुरेशराज त्रिपाठि
उपसभापति
– पदमप्रसाद पाण्डे
– सुजनशेर राई
– नरेश सापकोटा
– गोपाल पंगेनी
महामन्त्री
– अरुण बेल्वासे
– मोहन अधिकारी
सह–महामन्त्री
– भिम वि.क.
– खेमराज भट्ट
सदस्यहरू
पाराशोर काफ्ले, रामचन्द्र राउत, लक्ष्मी लोप्चन तामाङ, रामशरण थापा, अनिल रेग्मी, राजेन्द्र कार्की, सुरज रेग्मी, संजोग पाण्डे, आयान बस्नेत, पूर्णप्रसाद रिजाल, प्रकाशबहादुर ढाँट, भरतबहादुर बोहोरा, तेजप्रसाद अधिकारी, इब्राहिम शर्मा, गणेश भाट (इब्राहिम), गोपाल आचार्य, सन्तोष परियार, सुरज सापकोटा।
समितिका अनुसार बाँकी रिक्त पदहरूमा पछि मनोनयन गरिने जनाइएको छ।
राजनीतिक सन्देश र धारणा
अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि किरणराज शर्मा पौडेलले नेपालमा पछिल्लो समय देखिएको जेन–जी आन्दोलनले राजनीतिक दलहरूलाई आत्मसमीक्षा गर्न सशक्त सन्देश दिएको उल्लेख गर्दै, वर्तमान राजनीतिक जटिलताको एकमात्र लोकतान्त्रिक निकास निर्वाचन नै भएको धारणा व्यक्त गर्नुभयो। उहाँले नेपाली काँग्रेस इमान्दारितापूर्वक निर्वाचनमा जान तयार रहेको दाबी गर्दै, प्रवासमा रहेका योग्य र क्षमतावान नेपालीहरूको सहभागिताबाट पर्यटनमार्फत देशको विकास सम्भव रहेको बताउनुभयो।
विशिष्ट अतिथि श्रम काउन्सेलर कबिराज उप्रेती, जनसम्पर्क समन्वय विभागका सदस्य तथा महासमिति सदस्य पुरुषोत्तम खनाल लगायत वक्ताहरूले प्रवासमा रहेका नेपाली श्रमिकहरूको समस्या समाधानमा जनसम्पर्क समितिले अझ सक्रिय र सहायक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो।
नयाँ सदस्यता र सामाजिक भूमिका यसै अधिवेशनमार्फत साउदी अरबमा कार्यरत २२ जना युवाहरू नेपाली काँग्रेसमा प्रवेश गरेका छन्।

साउदी अरबमा रहेका नेपाली श्रमिकहरूको हकहित, समस्या र अधिकारका पक्षमा निरन्तर आवाज उठाउँदै आएको जनसम्पर्क समिति साउदी अरबले नेपाली दूतावास रियाद तथा विभिन्न संघसंस्थासँग सहकार्य गर्दै दर्जनौँ पीडित नेपालीहरूको उद्धार, घरफिर्ती तथा कानुनी सहजीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
यद्यपि जनसम्पर्क समिति एक राजनीतिक संस्था भए पनि, महाभूकम्प, कोरोना महामारी, बाढीपहिरो, आगलागी लगायत विभिन्न दैवी प्रकोपका समयमा अग्रपंक्तिमा रहेर मानवीय सहयोग गर्दै आएको उल्लेखनीय इतिहास समितिसँग जोडिएको छ।

Previous Post

जनसम्पर्क समिति साउदी अरबको वरिष्ठ उपसभापतिमा सुरेशराज त्रिपाठी निर्विरोध निर्वाचित(राष्ट्रियता–लोकतन्त्र–समाजवादको बी.पी.वादी विचारलाई प्रवासबाट सशक्त बनाउने संकल्प)

Next Post

बुटवलमा सरकारी भवनको पहिलोपटक वास्तु परीक्षण, हाकिम सम्राटको निःशुल्क मार्गदर्शन

Next Post
बुटवलमा सरकारी भवनको पहिलोपटक वास्तु परीक्षण, हाकिम सम्राटको निःशुल्क मार्गदर्शन

बुटवलमा सरकारी भवनको पहिलोपटक वास्तु परीक्षण, हाकिम सम्राटको निःशुल्क मार्गदर्शन

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal