Date
बुध, असार ३१, २०८३
Wed, July 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

जनसम्पर्क समिति साउदी अरबको वरिष्ठ उपसभापतिमा सुरेशराज त्रिपाठी निर्विरोध निर्वाचित(राष्ट्रियता–लोकतन्त्र–समाजवादको बी.पी.वादी विचारलाई प्रवासबाट सशक्त बनाउने संकल्प)

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१३ पुष २०८२, आईतवार १८:५५
in प्रवास, राजनीति, समाचार
0
जनसम्पर्क समिति साउदी अरबको वरिष्ठ उपसभापतिमा सुरेशराज त्रिपाठी निर्विरोध निर्वाचित(राष्ट्रियता–लोकतन्त्र–समाजवादको बी.पी.वादी विचारलाई प्रवासबाट सशक्त बनाउने संकल्प)
36
SHARES
155
VIEWS
Share on FacebookShare on Twitter


रियाद, साउदी अरब । राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्श मूल्यमाथि आधारित बी.पी. कोइरालाको राजनीतिक दर्शनलाई प्रवासबाट अझ सबल बनाउने दृढ संकल्पसहित नेपाली काँग्रेसको विदेशस्थित आधिकारिक शाखा संगठन नेपाली जनसम्पर्क समिति साउदी अरबको तेस्रो राष्ट्रिय अधिवेशनबाट काभ्रेपलाञ्चोक जिल्लाका सुरेशराज त्रिपाठी वरिष्ठ उपसभापति पदमा निर्विरोध निर्वाचित हुनुभएको छ।


साउदी अरबको राजधानी रियादमा २०२५ डिसेम्बर २६ (२०८२ पुस ११ गते, शुक्रबार) सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयनसँगै प्रवासमा रहेका नेपालीको हक–हित, संगठन सुदृढीकरण र मातृभूमिको समृद्धिका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने स्पष्ट राजनीतिक सन्देश दिएको छ। अधिवेशनले पार्टीको संगठनात्मक बल नै देश विकास र लोकतन्त्रको मजबुत आधार भएको निष्कर्षसहित नेपाली काँग्रेसको आसन्न १५औँ महाधिवेशनलाई सहमति, समझदारी र एकताको महाधिवेशनका रूपमा सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याएको छ।


अधिवेशनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुख आदरणीय श्री किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्य, नेपाली राजदूतावास रियादका श्रम काउन्सेलर आदरणीय श्री कबिराज उप्रेतीको विशिष्ट आतिथ्य तथा साउदी अरबमा क्रियाशील गैरआवासीय नेपाली संघ (एनआरएनए), विभिन्न राजनीतिक दलका विदेशस्थित भ्रातृ संगठन, जातीय तथा जिल्लागत संघसंस्थाहरूको प्रतिनिधिहरुको गरिमामय विशेष आतिथ्यताले अधिवेशनलाई वैचारिक, कूटनीतिक र राजनीतिक रूपमा उच्च बनाएको थियो। यसैगरी, नेपाली बैंक तथा रेमिट्यान्स कम्पनीका प्रतिनिधि, पत्रकार, समाजसेवी, बुद्धिजीवी तथा नेपाली काँग्रेसप्रति आस्थावान अग्रज, सहकर्मी र साथीहरूको उल्लेखनीय उपस्थितिले अधिवेशनलाई भव्य, सफल र सन्देशमूलक बनाएको भन्दै समितिले सबैप्रति आभार व्यक्त गरेको छ।

नेपाली जनसम्पर्क समिति साउदी अरबले नेपाली दूतावास, रियाद तथा साउदी अरबमा क्रियाशील सामाजिक, श्रमिक, जिल्लागत र पेशागत संघसंस्थासँग सहकार्य, समन्वय र संवादलाई आफ्नो स्थायी कार्यदिशा बनाउँदै आएको स्पष्ट पार्दै, प्रवासमा रहेका नेपाली श्रमिकहरूको समस्या, पीडा, अन्याय र शोषणविरुद्ध संगठित र निर्भीक आवाज उठाउँदै, उद्धार, घरफिर्ती, कानुनी सहजीकरण तथा मानवीय सहयोगका कार्यहरूमा निरन्तर अग्रपंक्तिमा रहँदै आएको उल्लेख गरेको छ। वरिष्ठ उपसभापतिमा निर्वाचित सुरेशराज त्रिपाठी काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका–११ स्थायी घर भई विगत १८ वर्षदेखि साउदी अरबमा श्रम, व्यवसाय र सामाजिक सेवामा सक्रिय रहँदै आउनुभएको छ।

जनसम्पर्क समिति साउदी अरबको स्थापनाकालदेखि नै संगठन निर्माणमा जुट्दै क्षेत्रीय उपसभापति हुँदै दुई कार्यकाल केन्द्रीय महामन्त्रीको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसक्नु भएका त्रिपाठी नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा साउदी अरबबाट प्रतिनिधित्व गर्ने सात जना महाधिवेशन प्रतिनिधिमध्ये एक पनि हुनुहुन्छ। नेपाली दूतावास रियाद तथा विभिन्न संघसंस्थासँग समन्वय गरी दर्जनौँ पीडित नेपालीहरूको उद्धार, घरफिर्ती र कानुनी सहजीकरणमा खेलेको प्रभावकारी भूमिकाको उच्च मूल्याङ्कन गर्दै नेपाली राजदूतावास, रियादले उहाँलाई सम्मानपत्रसहित सम्मानसमेत प्रदान गरेको थियो।


यद्यपि नेपाली जनसम्पर्क समिति एक राजनीतिक संस्था भए पनि, राजनीतिलाई सेवा, संवेदना र जिम्मेवारीका रूपमा बुझ्ने बी.पी.वादी समाजवादलाई व्यवहारमा उतार्दै महाभूकम्प, कोरोना महामारी, बाढीपहिरो, आगलागी लगायत विभिन्न दैवी प्रकोपका समयमा अग्रपंक्तिमा रहेर मानवीय सहयोग पुर्‍याउँदै आएको इतिहास समितिसँग जोडिएको छ, जसमा त्रिपाठीको भूमिका विशेष रहँदै आएको छ।
यस अधिवेशनबाट सभापतिमा तुसङ (अर्जुन) बहादुर थापा पुनः निर्वाचित हुनुभएको छ भने वरिष्ठ उपसभापति एक जना (त्रिपाठी), अन्य चार जना उपसभापति, दुई जना महामन्त्रीसहित ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ। अधिवेशनले प्रवासमा रहेका काँग्रेसी कार्यकर्ताहरूको एकता, अनुशासन र संगठनात्मक बलमार्फत नेपाली काँग्रेसलाई अझ सुदृढ, विश्वासिलो र जनउत्तरदायी पार्टी बनाउँदै देश विकासको यात्रामा निर्णायक भूमिका खेल्नुपर्ने स्पष्ट सन्देशसहित सम्पन्न भएको छ।

Previous Post

नेपाली जनसम्पर्क समिति साउदी अरबको उप–सभापतिमा गोपाल पंगेनी निर्विरोध चयन

Next Post

जनसम्पर्क समिति साउदी अरबको तेस्रो राष्ट्रिय अधिवेशन निर्विरोध सम्पन्नसभापतिमा तुसङ (अर्जुन) बहादुर थापा पुनः निर्वाचित

Next Post
जनसम्पर्क समिति साउदी अरबको तेस्रो राष्ट्रिय अधिवेशन निर्विरोध सम्पन्नसभापतिमा तुसङ (अर्जुन) बहादुर थापा पुनः निर्वाचित

जनसम्पर्क समिति साउदी अरबको तेस्रो राष्ट्रिय अधिवेशन निर्विरोध सम्पन्नसभापतिमा तुसङ (अर्जुन) बहादुर थापा पुनः निर्वाचित

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal