रियाद – पौष १३ – नेपाली काँग्रेसको विदेशस्थित आधिकारिक भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति साउदी अरबको तेस्रो राष्ट्रिय अधिवेशनबाट श्री गोपाल पंगेनी उप–सभापतिमा निर्विरोध चयन हुनुभएको छ।
राजधानी रियादमा सम्पन्न अधिवेशनमा संगठनलाई थप सुदृढ र गतिशील बनाउने प्रतिबद्धतासहित पंगेनी उप–सभापतिमा चयन हुनुभएको हो। लामो समयदेखि साउदी अरबमा रहेर नेपाली श्रमिकहरूको हक–हित, संगठन निर्माण तथा सामाजिक सेवामा सक्रिय रहँदै आउनुभएका पंगेनीको नेतृत्व क्षमताको उच्च मूल्यांकन गर्दै अधिवेशनले सर्वसम्मत रूपमा उप–सभापतिको जिम्मेवारी दिएको हो।

निर्वाचनपछि प्रतिक्रिया दिँदै उप–सभापति पंगेनीले प्रवासमा रहेका नेपाली श्रमिकका समस्या, पीडा र अधिकारका विषयमा संगठनमार्फत अझ प्रभावकारी रूपमा आवाज उठाउने बताउनुभयो। उहाँले नेपाली जनसम्पर्क समिति साउदी अरबलाई सबै काँग्रेसीहरूको साझा घर बनाउँदै संगठन विस्तार, एकता सुदृढीकरण र लोकतान्त्रिक मूल्यको संरक्षणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले नेपाली दूतावास, सम्बन्धित निकाय तथा साउदी अरबमा क्रियाशील विभिन्न संघसंस्थासँग समन्वय गर्दै उद्धार, कानुनी सहजीकरण, घरफिर्ती र मानवीय सहयोगका कार्यलाई अझ प्रभावकारी बनाउने जनाउनुभयो।
नेपाली जनसम्पर्क समिति साउदी अरबको नयाँ कार्यसमितिले २०२५–२०२८ कार्यकालमा प्रवासबाटै मातृभूमि र पार्टी निर्माणमा योगदान दिने लक्ष्यसहित अघि बढ्ने जनाएको छ।


>









Discussion about this post