Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नेपाली जनसम्पर्क समिति साउदी अरबको तेस्रो राष्ट्रिय अधिवेशन निर्विरोध नेतृत्व चयनसहित सम्पन्न

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१३ पुष २०८२, आईतवार १६:४७
in अन्य, प्रवास, समाचार, समाज
0
नेपाली जनसम्पर्क समिति साउदी अरबको तेस्रो राष्ट्रिय अधिवेशन निर्विरोध नेतृत्व चयनसहित सम्पन्न
8
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

रियाद, पौष ११ – नेपाली काँग्रेसको विदेशस्थित आधिकारिक भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति साउदी अरबको तेस्रो राष्ट्रिय अधिवेशन २०२५ शुक्रबार साउदी अरबको राजधानी रियादमा ऐतिहासिक, सौहार्दपूर्ण र निर्विरोध नेतृत्व चयनसहित सम्पन्न भएको छ।

अधिवेशनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुख किरणराज शर्मा पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने नेपाली राजदूतावास रियादका श्रम काउन्सेलर कबिराज उप्रेती विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए), विभिन्न राजनीतिक दलका विदेशस्थित भ्रातृ संगठन, जातीय तथा जिल्लागत संघसंस्था, साउदी अरबमा क्रियाशील नेपाली बैंक तथा रेमिट्यान्स कम्पनीका प्रतिनिधि, पत्रकार, समाजसेवी तथा बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साथै साउदी अरबमा रहेका नेपाली काँग्रेसप्रति आस्थावान अग्रज, सहकर्मी र कार्यकर्ताको सक्रिय उपस्थितिले अधिवेशनलाई भव्य र स्मरणीय बनाएको आयोजकले जनाएको छ।

अधिवेशनबाट २०२५–२०२८ कार्यकालका लागि २९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ। नवनिर्वाचित कार्यसमितिले प्रवासमा रहेका नेपाली श्रमिकको हक–हित संरक्षण, संगठन सुदृढीकरण, लोकतान्त्रिक मूल्यको रक्षा तथा मातृभूमिप्रतिको उत्तरदायित्व वहन गर्दै नेपाली दूतावास र सम्बन्धित निकायसँग सहकार्य गरेर जिम्मेवार र परिणाममुखी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।

नेपाली जनसम्पर्क समिति साउदी अरबले प्रवासमा रहेका नेपाली श्रमिकको समस्या, अन्याय र शोषणका विरुद्ध आवाज उठाउँदै उद्धार, कानुनी सहजीकरण, घरफिर्ती तथा मानवीय सहयोगका कार्यमा निरन्तर अग्रपंक्तिमा काम गर्दै आएको छ। साथै महाभूकम्प, कोरोना महामारी, बाढीपहिरो, आगलागी जस्ता दैवी प्रकोपका बेला राहत तथा सहयोग अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आएको तथ्य पनि अधिवेशनमा स्मरण गरिएको थियो।

यस अवसरमा साउदी अरबमा रहनु भएका नेपाली काँग्रेसप्रति आस्था राख्ने तर हालसम्म नेपाली जनसम्पर्क समिति साउदी अरबमा औपचारिक रूपमा आबद्ध नभएका सबैलाई पार्टीको आधिकारिक प्रवासी संगठनमार्फत एकताबद्ध भई लोकतान्त्रिक मूल्य र श्रमिकको हक–हितका लागि हातेमालो गर्न आह्वान गरिएको छ।

अधिवेशनको सफलताका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण सदस्य, शुभेच्छुक, संघसंस्था, मिडिया तथा पत्रकारप्रति नेपाली जनसम्पर्क समिति साउदी अरबले हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।

Previous Post

जन सम्पर्क समिति साउदीको अधिवेशन निर्विरोध सम्पन्न काँग्रेसलाई समेत सहमतिमा अधिवेशन गर्न सन्देश

Next Post

नेपाली जनसम्पर्क समिति साउदी अरबको उप–सभापतिमा गोपाल पंगेनी निर्विरोध चयन

Next Post
नेपाली जनसम्पर्क समिति साउदी अरबको उप–सभापतिमा गोपाल पंगेनी निर्विरोध चयन

नेपाली जनसम्पर्क समिति साउदी अरबको उप–सभापतिमा गोपाल पंगेनी निर्विरोध चयन

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal