गैरदलित युवतीसँगको प्रेमलाई विवाहमा परिणत गर्न खोज्दा मारिएका जाजरकोटका युवा नवराज विकलाई शहिद घोषणा गर्न दलित अधिकारकर्मीले माग गरेका छन । सोमबार घटनाबारे विस्तृत बुझ्न र दोषीमाथि कारबाहीको माग गर्दै जाजरकोट पुगेका कर्णाली र प्रदेश ५ का दलित अधिकारकर्मीले विकलाई शहिद घोषणा गर्न माग गरेका हुन ।
साथै उनीहरुले दोषीलाई जन्मकैद गर्न र घाइतेको निःशुल्क उपचार गर्न पनि माग गरेका छन । जाजरकोटको भेरी नगरपालिकाका मेयर चन्द प्रकाश घर्तीलाई ज्ञापनपत्र बुझाउदै अधिकारकर्मीले घटनालाई ढाकछोप नभई सत्यतथ्य छानबिन गरी दोषीलाई जन्मकैद गर्न माग गरेका हुन । घटनाका बारेमा अधिकारकर्मीले स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारको ध्यानाकर्षण पनि गराएका छन ।

मृतकलाई सहिद घोषणा, घाईतेको निःशुल्क उपचार र दोषीलाई जन्मकैद हुनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ। ज्ञापनपत्र बुझ्दै मेयर घर्तीले अधिकारकर्मीका मागलाई सम्बोधन गर्न प्रयास गर्ने बताए । जाजरकोट रानागाउँका युवा नवराज विक शनिबार राती रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ सोती घर भएकी प्रेमिकालाई भगाउन साथीहरु लिएर गएका थिए ।
तर युवतीका बुवा, आमा र वडाध्यक्ष डम्बर मल्लले नवराजसहित ६ जना युवालाई मारेर भेरी नदीमा बगाएको आरोप छ । विकसहित टीकाराम सुनार र गणेश बुढामगरको शब भेटिएपनि अरु तीन जना अझै बेपत्ता छन । प्रहरीले वडाध्यक्ष मल्ल, युवतीका आमाबुवासहित १२ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

>









Discussion about this post