Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

चौथो दमाम च्याम्पियन कप–२०२६ मार्च २० देखि, खोबरको अजेजिया मैदानमा

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
११ फाल्गुन २०८२, सोमबार २३:०३
in खेलकुद, प्रवास, मनोञ्जन, समाचार
0
चौथो दमाम च्याम्पियन कप–२०२६ मार्च २० देखि, खोबरको अजेजिया मैदानमा
4
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

दम्माम, साउदी अरब – अन्जान गुभाजु – साउदी अरबमा कार्यरत नेपाली समुदायबीच आपसी सद्भाव, मित्रता र खेलकुदको भावना अभिवृद्धि गर्ने उद्देश्यले ‘चौथो दमाम च्याम्पियन कप–२०२६’ आयोजना हुने भएको छ। युनाइटेड नेपाल फुटबल क्लब दमाम (युनाइटेड एफसी) ले मुस्लिम धर्मावलम्बीहरूको महान चाड रमादान ईद (इद–उल–फित्र) को अवसर पारेर उक्त फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो।

प्रतियोगिता आगामी मार्च २० देखि साउदी अरबको पूर्वी क्षेत्र खोबरस्थित अजेजिया फुटबल मैदानमा सञ्चालन हुनेछ। आयोजक क्लबका अध्यक्ष ओम बहादुर कुमाल का अनुसार प्रतियोगिताको विजेता टोलीले ७ हजार साउदी रियाल (करिब २ लाख ६६ हजार रुपैयाँ) नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेता टोलीले ३ हजार ५ सय साउदी रियाल (करिब १ लाख ३३ हजार रुपैयाँ) नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ।

यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर तथा प्रत्येक खेलका ‘म्यान अफ द म्याच’ लगायत विभिन्न व्यक्तिगत विधामा पनि आकर्षक पुरस्कार तथा ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

क्लबका अध्यक्ष कुमालले प्रतियोगिताको मुख्य उद्देश्य साउदी अरबमा रहेका नेपालीहरूलाई खेलकुदमार्फत एकताबद्ध गर्नु, भाइचाराको सम्बन्ध स्थापित गर्नु र आपसी सद्भाव बढाउनु रहेको बताए। उनले भने,
“यो प्रतियोगिता केवल खेल मात्र नभएर यहाँ रहेका नेपालीहरूको एकतालाई अझ मजबुत बनाउने महत्वपूर्ण माध्यम हो। रमादान ईदजस्तो पवित्र पर्वको सार्वजनिक बिदाको अवसर पारेर समुदायमा खुशियाली र अपनत्वको भावना फैलाउन चाहेका छौँ।”

प्रतियोगितामार्फत नेपाली फुटबलप्रतिको लगाव अझ विस्तार हुने विश्वास आयोजक क्लबले व्यक्त गरेको छ। प्रतियोगितामा साउदी अरबमा क्रियाशील नेपाली फुटबल टिम तथा क्लबहरूले सहभागिता जनाउन सक्नेछन्। टिम दर्ता शुल्क ७ सय साउदी रियाल तोकिएको छ।

उल्लेखनीय छ, साउदी अरबको पूर्वी क्षेत्र दम्माममा यसअघि आयोजित तेस्रो दमाम च्याम्पियन कप–२०८२ को उपाधि आयोजक युनाइटेड नेपाल फुटबल क्लब दमामले नै जितेको थियो। मुस्लिम धर्मावलम्बीहरूको महान चाड बकर ईद (इद–उल–अजहा) को अवसर पारेर आयोजना गरिएको उक्त प्रतियोगिता २०२५ जुन ६ देखि ८ (जेठ २३–२५) सम्म तीन दिन सञ्चालन भएको थियो।

Previous Post

एनआरएनए साउदीद्वारा सुरक्षित र मर्यादित वैदेशिक रोजगारीबारे दम्माममा अन्तरक्रिया

Next Post

साउदी अरेबिया को दम्माममा शहर मा होली बिशेष कार्यक्रम हुँदै

Next Post
साउदी अरेबिया को दम्माममा शहर मा  होली बिशेष कार्यक्रम हुँदै

साउदी अरेबिया को दम्माममा शहर मा होली बिशेष कार्यक्रम हुँदै

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal