Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

एनआरएनए साउदीद्वारा सुरक्षित र मर्यादित वैदेशिक रोजगारीबारे दम्माममा अन्तरक्रिया

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१० फाल्गुन २०८२, आईतवार १८:२०
in प्रवास, समाचार
0
एनआरएनए साउदीद्वारा सुरक्षित र मर्यादित वैदेशिक रोजगारीबारे दम्माममा अन्तरक्रिया
5
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

दम्माम, साउदी अरब ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबको आयोजनामा सुरक्षित, मर्यादित र सीपमूलक वैदेशिक रोजगारी विषयमा अन्तरक्रिया कार्यक्रम दम्माममा सम्पन्न भएको छ।

साउदी भ्रमणमा रहनु भएका गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्मा नेतृत्वको प्रतिनिधिमण्डलको उपस्थितिमा साउदी अरेबियाको पूर्वी प्रान्त दम्मामस्थित एभरेस्ट नेपाली होटलमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम एनआरएनए साउदी एनसीसी अध्यक्ष उमेश भट्टराईको अध्यक्षतामा सम्पन्न भयो।

अन्तरक्रियामा उपाध्यक्ष डा. शर्मासँगै संघकी महिला उपाध्यक्ष रोजिना प्रधान राई, युरोप संयोजक डा. चिरञ्जीवी खड्का तथा मध्यपूर्व संयोजक राजेन्द्र अर्याल सहितको टोली सहभागी थियो। कार्यक्रममा साउदीमा सक्रिय विभिन्न संघ–संस्था, एनआरएनएका सदस्य तथा आम श्रमिकबीच खुला छलफल भएको थियो।

कार्यक्रममा बोल्दै उपाध्यक्ष डा. शर्माले साउदी अरेबियामा कार्यरत नेपाली श्रमिकका समस्या प्रत्यक्ष रूपमा बुझ्ने अवसर मिलेको बताउँदै, सम्भव सबै पहल तत्काल गर्ने प्रतिबद्धता जनाए। एनसीसी साउदीको समन्वयमा सञ्चालन हुँदै आएको राहदानी शिविरका लागि आवश्यक आर्थिक सहयोग जुटाउन पनि तुरुन्त पहल गरिने उनले स्पष्ट पारे। सुरक्षित, मर्यादित र सीपमूलक वैदेशिक रोजगारी आफ्नो दीर्घकालीन एजेन्डा रहेको उल्लेख गर्दै, मार्च महिनामा आयोजना हुने एनआरएनएको १२औँ महाधिवेशनमा आफू अध्यक्ष पदका प्रत्याशी रहेकाले समर्थनको आग्रह पनि गरे।

त्यसैगरी महिला उपाध्यक्ष रोजिना प्रधान राईले संघका विभिन्न अभियानमा आफू सक्रिय रूपमा संलग्न भई सफलतापूर्वक काम गरेको अनुभव सुनाउँदै, गैरआवासीय नेपालीको लगानी र सहभागिताबारे धारणा राखिन्। आफू खुला उपाध्यक्ष पदकी प्रत्याशी रहेको उल्लेख गर्दै उनले उपस्थित सदस्यहरूसँग समर्थनको अपेक्षा व्यक्त गरिन्।

युरोप संयोजक डा. खड्काले साउदीसहित खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकका समस्या प्रत्यक्ष रूपमा बुझिएको र ती विषय संघभित्र छलफल गरिने बताए। मध्यपूर्व संयोजक अर्यालले एनआरएनए र दूतावासबीच समन्वय गर्दै आम श्रमिकसम्म संघको पहुँच विस्तार गरिएको र कोरोना महामारीका बेला संघले खेलेको भूमिकाबारे जानकारी गराए।

अन्तरक्रियाका क्रममा सहभागीहरूले सुरक्षित वैदेशिक रोजगारी, श्रम, बीमा, श्रमिक समस्या, सरकारको भूमिका र एनआरएनएसम्बन्धी प्रश्न उठाएका थिए। ती प्रश्नहरूको उत्तर उपाध्यक्ष डा. शर्मा, महिला उपाध्यक्ष राई र युरोप संयोजक डा. खड्काले दिएका थिए। संघले गर्न सक्ने विषयमा तत्काल पहल गर्ने र नसक्ने विषयलाई औपचारिक प्रतिवेदनमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराइने जनाइएको छ।

यसैबीच, साताव्यापी मध्यपूर्व भ्रमण सुरु गरेका डा. शर्माले बहराइन, साउदी अरब, कतार र युएईलगायत देशहरूमा भ्रमण गर्ने जानकारी दिएका छन्। मार्च १४–१६ मा आयोजना हुने एनआरएनएको १२औँ महाधिवेशनलाई लक्षित गर्दै चुनावी अभियानलाई तीव्र बनाउने उद्देश्यका साथ यो भ्रमण गरिएको हो।

— अन्जान गुभाजु

Previous Post

बाँके–२ मा विवेक श्रेष्ठको पक्षमा जनलहर, दलैपुरमा अभूतपूर्व समर्थन

Next Post

चौथो दमाम च्याम्पियन कप–२०२६ मार्च २० देखि, खोबरको अजेजिया मैदानमा

Next Post
चौथो दमाम च्याम्पियन कप–२०२६ मार्च २० देखि, खोबरको अजेजिया मैदानमा

चौथो दमाम च्याम्पियन कप–२०२६ मार्च २० देखि, खोबरको अजेजिया मैदानमा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal