Date
बिहि, साउन १४, २०८३
Thu, July 30, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

सागको ओलम्पिक टर्च सातै प्रदेशमा | इनोभेटिभ सेमिफाइनलमा | भ्याली पब्लिक दोहोरो उपाधिनजिक

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
५ मंसिर २०७६, बिहीबार १४:५६
in खेलकुद, देश, प्रदेश नं ४, समाचार
0
सागको ओलम्पिक टर्च सातै प्रदेशमा | इनोभेटिभ सेमिफाइनलमा | भ्याली पब्लिक दोहोरो उपाधिनजिक
8
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, मंसिर ५ गते ।
नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को ओलम्पिक टर्च सातै प्रदेशमा पु¥याइने छ । ओलम्पिक टर्च ¥याली व्यवस्थापनको जिम्मेवारी पाएको नेपाल खेलाडी तथा प्रशिक्षक संघले बिहीबार पत्रकार सम्मेलन गरी सोको जानकारी गराएको हो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव एवं १३ औं दक्षिण एसियाली खेलकुद कार्यकारी समितिका संयोजक रमेशकुमार सिलवालले स्वयम्भुमा शुक्रबार बिहान ८ बजे ओलम्पियन एवं नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसीलाई टर्च हस्तान्तरण गरेपछि ¥याली प्रारम्भ हुने खेलाडी संघका अध्यक्ष एवं ¥याली संयोजक दीपक श्रेष्ठले जानकारी दिए । टर्च सातै प्रदेशका मुख्य शहरमा पु¥याइने अध्यक्ष श्रेष्ठले बताए । पत्रकार सम्मेलनमा सागका कीर्तिमान म्याराथन पूर्व धावक वैकुण्ठ मानन्धरले नेपालमा विगतमा भएका दुई साग भन्दा १३ औं साग भब्य हुने बताए ।

सागको ओलम्पिक टर्च सातै प्रदेशमा

पहिलो दिन ¥याली प्रदेश १ को विराटनगर, दोश्रो दिन प्रदेश २ को जनकपुर, तेश्रो दिन प्रदेश ३ को हेटौंडा र चितवन, चौथो दिन प्रदेश ५ को लुम्बिनी र बुटवल, पाँचौं दिन कर्णाली प्रदेशको सुर्खेत र प्रदेश ५ को नेपालगन्ज, छैटौं दिन सुदूरपश्चिम प्रदेशको धनगढी तथा सातौं गण्डकी प्रदेशको पोखरा लगिने छ । आठौं दिन टर्चलाई पोखरामा नगर परिक्रमा गराइने छ । सोही दिन पोखराबाट टर्चलाई काठमाडौं ल्याइने छ । नवौं दिन काठमाडौंको विभिन्न स्थान परिक्रमा गराइ त्यसै दिन साग उद्घाटनस्थल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दीप प्रज्ज्वलन गरिने कार्यक्रम छ ।

सागको ओलम्पिक टर्च सातै प्रदेशमा

¥यालीमा ओलम्पियनहरु तेक्वान्दोका दीपक विष्ट, एथलेटिक्सका वैकुण्ठ मान्धर र राजेन्द्र भण्डारी, पौडीकी नयना शाक्य, बक्सिङका उमेश मास्के, जुडोकी देवु थापा, एथलेटिक्सका जितबहादुर केसी र एथलेटिक्सका ज्ञानबहादुर बोहरा, सुटिङका टीकाराम श्रेष्ठ, एथलेटिक्सका राजकुमारी पाण्डे, कान्छीमाया कोजु र मुकुन्दहरि श्रेष्ठ तथा खेलाडी संघका अध्यक्ष एवं सागका दोहोरो स्वर्णधारी करातेका दीपक श्रेष्ठ सहभागी हुने छन् ।

इनोभेटिभ सेमिफाइनलमा
इनोभेटिभ इङलिस स्कुल दोश्रो हिमालय कप बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
इनोभेटिभले बागमतीलाई ४८–१७ ले पराजित ग¥यो । इनोभेटिभको जितमा प्रशान्त केसीले १० अंक योगदान गरे । प्लस टु ब्वाइजमा सीसीआरसी सेमिफाइनलमा पुग्यो । रोशन श्रेष्ठको १२ अंक सहयोगमा सीसीआरसीले ह्वाइटहाउसलाई ५७–४२ ले हरायो ।

भ्याली पब्लिक दोहोरो उपाधिनजिक
आयोजक भ्याली पब्लिक भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइज र गल्र्स दुवैतर्फ बिहीबार फाइनलमा प्रवेश गरेका छन् । दुवैको ‘ए’ टिम फाइनलमा पुगेको हो ।
ब्वाइजमा भ्याली पब्लिकले गोल्डेनपिकलाई ४५–३५ ले पराजित ग¥यो । विजेताका राहुल विक र सुमन सुब्बाले समान १५–१५ अंक जोडे । फाइनलमा भ्याली पब्लिकको भेट ग्रिनल्यान्डसंग हुने छ । अर्को सेमिफाइनलमा ग्रिनल्यान्डले डाफोडिललाई ४५–३२ ले हरायो । ग्रिनल्यान्डका राजीव आले मगरले ३५ स्कोर गरे ।
गल्र्स सेमिफाइनलमा भ्याली पब्लिकले ग्रिनल्यानडमाथि २५–१७ को जित दर्ता ग¥यो । विजयी टिमका लागि श्रष्टि श्रेष्ठ र सुमिना तामाङले समान ११–११ अंक जोडे । अर्को सेमिफाइनलमा टीआईएले स्किब्सलाई २५–१९ ले पाखा लगायो । टीआईएकी कञ्चन मगरले ७ अंक जोडिन् ।

इपीएस क्वाटरफाइनलमा
इपीएस चौथो ३६१ डिग्री पिस प्वाइन्ट कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पिस प्वाइन्ट स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा इपीएसले एभीएमलाई ४–१ गोलले पराजित ग¥यो । विजेताका अर्विन नगरकोटीले २ तथा देवराज कार्की र दया मुखियाँले १–१ गोल गरे । ब्वाइजमै नोबेलले रिभेरालाई ४–१ तथा जगत मन्दिरले सप्तगण्डकीलाई टाइब्रेकरमा ५–३ गोलले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
गल्र्समा इपीएसले सम्भावीलाई टाइब्रेकरमा २–१ तथा सनसाइनले प्रस्फुटनलाई १–० गोलले पाखा लगाए । सनसाइनसी रेणु राईले निर्णायक गोल गरिन् ।

कार्यक्रममा उपस्थितिका लागि सूचना
काठमाडौंको दक्षिण भेगका प्रतिभावान खेलाडीको पहिचान गरी उनीहरुको क्षमता र दक्षता बढाउन प्रशिक्षण दिने उद्देश्यले यही मंसिर २५ गतेबाट आयोजना गर्न लागिएको वेस्ट काठमाडौं अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताका बारेमा जानकारी दिने उद्देश्यले निम्न मिति, समय र स्थानमा आयोजना हुने पत्रकार सम्मेलनमा उपस्थितिका लागि सम्पूर्ण सञ्चारकर्मी मित्रहरुलाई हार्दिक अनुरोध गर्दछौं ।
मिति ः २०७६ मंसिर ६ गते शुक्रबार
समय ः दिउँसो ठीक १ बजे
स्थान ः न्युरोड टिम (एनआरटी) भवन, त्रिपुरेश्वर
थप जानकारीका लागि
सुन्दर थापा, अध्यक्ष, वेस्ट काठमाडौं फुटबल क्लब,
९८५१०९४९५७

फ

Previous Post

‘प्रदेशको तर्फबाटआवश्यक बजेट दिन्छौँ’

Next Post

बाँके बर्दियाका किसान भन्छन्, “अनुदान पाउँदा चिया पनि खुवाएका छैनौ” (भिडियो सहित)

Next Post
बाँके बर्दियाका किसान भन्छन्, “अनुदान पाउँदा चिया पनि खुवाएका छैनौ” (भिडियो सहित)

बाँके बर्दियाका किसान भन्छन्, “अनुदान पाउँदा चिया पनि खुवाएका छैनौ” (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal