देवचन्द्र मुखियाको दायाँ हात र खुट्टा काटियो। साउदी अरबबाट दुई वर्षपछि ७० दिनको बिदा लिएर घर फर्किएका सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका ३५ वर्षीय देवचन्द्र मुखिया घर फर्किने क्रममा जघन्य लुटपाट र हिंसाको सिकार बनेका छन्।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजविराज जाने सिधा सवारी नपाएपछि लहानसम्म जाने भन्दै हाइस चढेका मुखियालाई लहान पुगेपछि अलपत्र पारिएको पीडित पक्षले जनाएको छ। त्यसपछि घरसम्म पुर्याइदिने आश्वासन दिँदै एक महिलाले टेम्पोमा चढाइन्। तर लहान–भगवानपुर सडकखण्डमा टेम्पो चालकले देवचन्द्रलाई टेम्पोबाट धक्का #दिई सडकमा फ्याँकेर दायाँ हात र खुट्टामाथि टेम्पो चलाएको बताइएको छ, जसबाट उनी गम्भीर घाइते बने।

गम्भीर अवस्थामा पुगेका मुखियालाई प्रहरीले उद्धार गरी उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल पुर्याएको थियो। तर उपचारकै क्रममा उनको दायाँ हात र खुट्टा काट्नुपरेको अस्पताल स्रोतले जनाएको छ। हालसम्म उपचारमा साढे ७ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ भने घाउ अझै पूर्ण रूपमा निको नभएकाले परिवार थप ऋण खोज्न बाध्य बनेको छ।
घटनामा संलग्न आरोपमा सिरहाकी सोमनीदेवी राम पक्राउ परेकी छन्। उनका छोरा र टेम्पो चालक भने फरार रहेको र उनीहरूको खोजी तथा घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
विदेशबाट श्रम गरेर फर्किने नेपाली नागरिकमाथि भएको यस किसिमको अमानवीय घटनाले वैदेशिक रोजगारीबाट फर्किनेहरूको सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ। पीडित परिवारले दोषीलाई कडा कानुनी कारबाही र उपचारका लागि राज्यस्तरीय सहयोगको माग गरेका छन्।
यस्ता घटना घटाउने जोकोहिलाई कडा भन्दा कडा कारबाही होस ।

>










Discussion about this post