Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

“बराहक्षेत्रको मनोरम बोराबाँधमा ‘कोशी आइकन’का प्रतिस्पर्धीहरूको विशेष फोटो सुट सम्पन्न”

रबिन राउत by रबिन राउत
२ फाल्गुन २०८२, शनिबार १६:४५
in प्रदेश नं १, फोटो फिचर
0
“बराहक्षेत्रको मनोरम बोराबाँधमा ‘कोशी आइकन’का प्रतिस्पर्धीहरूको विशेष फोटो  सुट सम्पन्न”
12
SHARES
50
VIEWS
Share on FacebookShare on Twitter

कोशी प्रदेशका बालबालिकामा लुकेर रहेको प्रतिभा, सौन्दर्य र बौद्धिक क्षमतालाई उजागर गर्ने उद्देश्यले आयोजना भइरहेको प्रदेशस्तरीय वृहत बाल सौन्दर्य प्रतियोगिता ‘जूनियर मिस्टर एण्ड मिस कोशी आइकन २०२५’ अन्तर्गत बराहक्षेत्र संस्करणको फोटो तथा भिडियो सुट सम्पन्न भएको छ । पछिल्लो समय सूर्यास्तको मनोरम दृश्यका लागि भाइरल बनिरहेको बराहक्षेत्रस्थित बोराबाँधमा सेमिफाइनल प्रवेश गरेका प्रतिस्पर्धीहरूको आकर्षक फोटोसुट गरिएको हो ।

उक्त फोटो तथा भिडियो सुट ‘परिकला फोटोग्राफी’ले गरेको थियो । आयोजक संस्था ‘एल एण्ड सी मोडल एजेन्सी प्रा. लि.’ का सञ्चालक तथा सिईओ दीपक गिरीका अनुसार विभिन्न चरण पार गर्दै ११ जना बालबालिकाहरू सेमिफाइनलमा पुग्न सफल भएका छन् । सेमिफाइनल पुग्ने प्रतिस्पर्धीहरूमा भावना राजधामी, टेरिशा बस्नेत, इक्सा लिम्बू, प्रश्ना चौधरी, रितिशा राजधामी, परिना राई, सोयल राई, प्रमिशा राजधामी, इसानी चौधरी, आरुषी श्रेष्ठ र युसाङ थापा मगर रहेका छन् । अब छिट्टै एक विशेष कार्यक्रमको आयोजना गरी यी प्रतिस्पर्धीहरूबीच सेमिफाइनल गराइने र उत्कृष्टलाई फाइनलका लागि छनौट गरिने सञ्चालक गिरीले जानकारी दिए । बराहक्षेत्रसँगै यतिबेला इटहरी संस्करणको अडिसन पनि तीव्र रूपमा भइरहेको छ भने कोशी प्रदेशका अन्य मुख्य शहरहरूमा समेत अडिसनको तयारी भइरहेको आयोजकले जनाएको छ ।

कोशी प्रदेशभरिका ७ देखि १४ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरिएको यस प्रतियोगितालाई बालबालिकाको सर्वाङ्गीण विकासको पाठशालाको रूपमा लिइएको छ । प्रतिस्पर्धीहरूलाई सहज बनाउन आयोजकले विभिन्न ७ शहरमा अडिसन र सोही स्थानमा तालिमको व्यवस्था गरेको छ । तालिममा बालबालिकालाई व्यक्तित्व विकास, बोल्ने कला र योगा सिकाउनुका साथै बालमनोविज्ञानसँग जोडिएको संवेदनशील विषय ‘गुड टच–ब्याड टच’ बारे पनि सचेतना जगाइनेछ । स्थानीय अडिसनबाट छानिएका उत्कृष्ट ५/५ प्रतियोगीले सिधै ग्राण्ड फिनालेमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको शीर्ष उपाधि ‘जूनियर मिस्टर कोशी आइकन’ र ‘जूनियर मिस कोशी आइकन’ जित्ने विजेताहरूले आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । विजेताले नगद रु. ५०/५० हजार, फर्स्ट रनरअपले साइकल र सेकेन्ड रनरअपले ट्याब्लेट प्राप्त गर्नेछन् ।

यसका साथै, विजेता र उपविजेता गरी उत्कृष्ट ६ जनालाई नै उनीहरूले अध्ययन गरिरहेको विद्यालयमा सतप्रतिशत छात्रवृत्तिका लागि आयोजकले समन्वय गरिदिने घोषणा गरिएको छ । कोशी प्रदेशमा फेसन र मोडलिङको क्षेत्रमा लामो अनुभव संगालेको एल एण्ड सी मोडल एजेन्सीले यसअघि पनि सुनसरी लिटल प्रिन्स एण्ड एन्जल, मिस धरान सुपर आइकन, फेस अफ पूर्व लगायतका दर्जनौँ सफल प्रतियोगिताहरू आयोजना गरिसकेको छ ।

Previous Post

बाँके–२ मा कडा प्रतिस्पर्धा : पुराना दललाई रास्वपाको चुनौती

Next Post

साउदीबाट घर फर्किँदै गर्दा जघन्य अपराध

Next Post
साउदीबाट घर फर्किँदै गर्दा जघन्य अपराध

साउदीबाट घर फर्किँदै गर्दा जघन्य अपराध

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal