काठमाडौँ । चर्चित नयाँ बर्ष २०७९ को पहिलो दिन अर्थात वैशाख १ गते काठमाडौंको टुँंडिखेलमा ‘सेलेब्रेसन’ नामक सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । ओम नेपाल मिडिया र ओशो तपोवनको सहकार्यमा आयोजना हुने कार्यक्रममा ध्यान, संगीतिक प्रस्तुति, नृत्य लगायत बिभिन्न प्रस्तुति रहने आयोजकले जनाएको छ ।
‘गायन र नृत्यको उत्सवसँगै ध्यान नयाँ बर्ष मनाउनु बिगतको भन्दा बेग्लै अनुभव हुनेछ’ आयोजक स्वामी आनन्द अरुणले भने ‘नयाँ वर्ष नयाँ तरिकाले सुरुवात गराऔं भन्ने अर्काे उदेश्य पनि हो ।’ नयाँ वर्ष ध्यानमा रमाउन सहगोग समेत गर्न लागेको आनन्द अरुणको भनाई रहेको छ ।
कार्यक्रममा स्वामी आनन्द अरुणले सत्संग तथा ध्यान, विश्वप्रसिद्ध निर्गुण कवीरवाणी गायक पद्मश्री विभुषित प्रह्लाद सिंह टिपणियाको विशेष प्रस्तुतिको अलवा ‘कुटुम्ब’ ब्याण्डको लाइभ प्रस्तुति रहनेछ ।
हास्य कलाकार मनोज गजुरेको समेत कमेड प्रस्तुति रहने कार्यक्रममा प्रदीप रोदन, गायिका बेनिसा पौडेल, मोहन वीणा वादक, रोशन शर्माले समेत दर्शकलाई मरोरञ्जन दिलाउने आयोजकको भनाईरहेको छ ।
मौलिक नेपाली पर्वहरू ओझेल परि रहेको वर्तमान सामाजिक परिस्थितिमा नयाँ वर्षको पहिलो दिनलाई विशेष बनाउने कार्यक्रम आयोजा गरिएको हो । मध्यान्न ४ बजेबाट सुरु हुने कार्यक्रममा दर्शकलाई निशुल्क प्रवेशको ब्यवस्था गरिएको छ ।

>









Discussion about this post