घनश्याम लामिछानेको निर्देशनमा निर्माण हुने चलचित्र ‘लन्डन टु पेरिस’मा साम्राज्ञी शाह अनुबन्धित भएकी छीन । ट्राभल लभस्टोरी कथामा बन्ने चलचित्रको छायांकन जेठदेखि बेलायत र फ्रान्समा हुनेछ ।
‘लन्डन टु पेरिस’ लाई एबी इन्टरनेसनलले निर्माण गर्न गर्दैछ । यस् अघी यो कम्पनीले पूजा शर्मा र आकाश श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ निर्माण गरिसकेको छ् । साथै अन्मोल के.सी र् सारा सिर्पलीको मुख्य भूमिका रहने चलचित्र हनीबनी पनि निर्माण गर्दै छ् । ‘हनीबनी’को छायांकन सकेर ‘लन्डन टु पेरिस’ को छायांकन सुरु हुनेछ् ।

>








Discussion about this post