नेपालगन्ज, २१ साउन —
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ अन्तर्गत भूमिसुधार तथा मालपोत कार्यालय पछाडि रहेको भू-सेवा केन्द्रतर्फ जाने सार्वजनिक बाटोमा जथाभावी फोहोरमैला फालेको अभियोगमा हरिदेवबक्स कुर्मीलाई जरिवाना गरिएको छ।
उपमहानगरपालिकाले ‘फोहोरमैला व्यवस्थापन ऐन, २०७५’ बमोजिम कुर्मीलाई रू. ५,००० जरिवाना गरिएको जनाएको छ। सार्वजनिक स्थानमा फोहोर फाल्ने क्रियाकलापले वातावरणीय प्रदूषण बढाउने र स्थानीयवासीको दैनिकी प्रभावित हुने भन्दै नगरपालिकाले यस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई कारबाही प्रक्रिया अगाडि बढाउँदै आएको छ।

उपमहानगरका अनुसार सरसफाइ तथा वातावरण संरक्षणमा जनचेतना फैलाउन निरन्तर अनुगमनको क्रममा कुर्मीलाई फोहोर फालिरहेको अवस्थामा भेटिएको थियो।
नगरप्रमुख प्रशान्त विष्टले सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएका छन्। साथै, उपमहानगरपालिकाले सबै नगरवासीलाई फोहोरमैला निर्धारित स्थानमै फाल्न आग्रह गरेको छ।

>









Discussion about this post