साउदी अरब, अगस्ट १ — साउदी अरबको राजधानी रियाधमा गायक रोम लामाको ऐतिहासिक “एकल सांगीतिक कार्यक्रम २०२५” अत्यन्तै सभ्य र भव्य रूपमा सम्पन्न भएको छ। नेपाली गीत–संगीतको क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका गायक लामा कर्मथलोबाट पनि नेपाली सांगीतिक संस्कृतिलाई जीवन्त बनाइरहेका परिचित नाम हुन्।
उहाँ न केवल कुशल गायक हुनुहुन्छ, विभिन्न सामाजिक संघ–संस्थामा आबद्ध हुँदै समाजसेवामा समेत सक्रिय भूमिका निभाउँदै आउनुभएको छ।

एक दशकभन्दा बढी समयदेखि साउदी अरबमा रहेर नेपाली समुदायलाई आफ्नो जादुमय स्वरमार्फत मनोरञ्जन प्रदान गर्दै आउनुभएका गायक लामाले यसपटकको एकल कार्यक्रममा आफ्नो क्षमता पुनः प्रमाणित गर्न सफल हुनुभयो।
उक्त कार्यक्रममा साउदी अरबका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकाल प्रमुख अतिथि रहनुहुन्थ्यो। साथै, साउदी अरबमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, सफल व्यवसायी, बुद्धिजीवी, पत्रकार तथा नेपाली समुदायका अग्रज व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा स्थानिय स्तरमा चर्चित गायक–गायिका एवं कलाकारहरूको समेत आकर्षक प्रस्तुति रहेको थियो। गायक बिज्ञान राई, रविन गिरी, डिबी लामा, रामप्रसाद बस्याल, तेम्बा वाइबा तामाङ, बिबेक केसी, बाँसुरी वादक राज यात्री लगायतका कलाकारहरूले मन्त्रमुग्ध प्रस्तुति दिए। त्यस्तै, नृत्यकला पक्षमा रोहन परियार, पूजा लामा, मुस्कान शर्मा, कामना थापा मगर, स्वस्तिका थापा मगरको प्रस्तुति दर्शकले अत्यन्त मन पराएका थिए।








कार्यक्रम सञ्चालनको अवसर पाएकोमा सन्चालक नगेश तामाङले गायक रोम लामाप्रति विशेष आभार प्रकट गर्दै आयोजक र सहभागी सबैसमक्ष धन्यवाद व्यक्त गर्नुभएको छ। कार्यक्रम सञ्चालनका क्रममा भएको कुनै पनि त्रुटिका लागि क्षमायाचना गर्दै उहाँले यस्ता अवसरहरूले थप ऊर्जा र प्रेरणा प्रदान गर्ने अनुभवसमेत सँगालेको बताउनुभयो।

कार्यक्रमको सफल आयोजनामा साथ र समर्थन गर्ने सम्पूर्णलाई हार्दिक धन्यवाद दिँदै उहाँले आगामी दिनमा पनि नेपाली कलाकारहरूलाई सम्मानका साथ मञ्च प्रदान गरिँदै जाने अपेक्षा व्यक्त गर्नुभयो।
अन्त्यमा, साङ्गीतिक यात्रामा गायक रोम लामाको अझ ठूलो सफलताको कामनासहित कार्यक्रम समापन गरिएको थियो।












>










Discussion about this post