नेपालगन्ज पुष १८ गते — अनलाइन टिभि पत्रकार संघ नेपाल, लुम्बिनी प्रदेशको नियमित बैठक आज नेपालगन्जमा सम्पन्न भएको छ।
बैठकमा संस्थासँग सम्बन्धित विविध महत्वपूर्ण विषयमा व्यापक छलफल गर्दै पत्रकारहरूको हित संरक्षण तथा संस्थागत गतिविधि थप प्रभावकारी बनाउने निर्णय गरिएको छ।

बैठकका निर्णयअनुसार अनलाइन टिभिमा आवद्ध पत्रकारहरूको क्षमता अभिवृद्धि, हक–हितको संरक्षण, सुरक्षा व्यवस्था तथा पत्रकार आचारसंहिता कार्यान्वयन सम्बन्धी विशेष कार्यक्रमहरू सञ्चालन गरिने भएको छ।
त्यसैगरी संघले अनलाइन टिभिमा कार्यरत सम्पूर्ण पत्रकारहरूलाई संघमा गोलबद्ध हुन आह्वान गर्दै सम्बन्धित अनलाइन टिभि च्यानलहरूलाई आधिकारिक रूपमा दर्ता गर्न आग्रह गरेको छ।
साथै संस्थागत तथा व्यवहारिक पक्षलाई थप चुस्त, व्यवस्थित र पारदर्शी बनाउने विषयमा पनि बैठकले जोड दिएको छ।
बैठकमा समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै सचेत र सुसूचित समाज निर्माणमा योगदान पुर्याउन सबै अनलाइन टिभि पत्रकारहरूलाई जिम्मेवार र मर्यादित पत्रकारिता गर्न आग्रह गरिएको छ।
बैठकको अध्यक्षता संघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णराज अधिकारीले गर्नुभएको थियो।

>









Discussion about this post