काठमाडौँ । भ्यालेन्टाइन डेको अवसर पारेर प्रेमिल शैलीको ‘नरहे यो जिन्दगी’ बोलको म्युजिक सार्वजनिक भएको छ।
यस गीतमा स्वर गायिका गंगा गजमेरको रहेको छ। गीतमा शब्द गोपाल लोहारको रहेको छ भने संगीत मानसी किरणको रहेको छ।
युवा युवती बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा रोशनी कार्की र संजय बिक फिचर्ड छन्।

दिनेश पराजुलीले भिडियोलाई छायांकन गरेका हुन्। भीमा लोहार निर्मात्री रहेको यस भिडियोलाई उत्तर राना मगरको सम्पादन र निर्देशनमा तयार पारिएको हो। गोलो प्रडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।
यसअघि गायिका गजमेरले ‘स्वरादि’ गीति संग्रह, ‘फुलसरी माया फुल्यो’, ‘माया मोहनी’ लगायत थुप्रै म्युजिक भिडियोहरु सार्वजनिक गरिसकेकी छिन्। भर्खरै सार्वजनिक म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन गायिका गजमेरले सबैलाई आग्रह गरेकी छिन्।
रोशनी कार्की अभिनित ‘नरहे यो जिन्दगी’ सार्वजनिक ( भिडियो )


>










Discussion about this post