Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

हेर्नुहोस् १४ तस्बिर, लकडाउनमा केकी अधिकारी (फोटो फिचर)

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
८ जेष्ठ २०७७, बिहीबार १९:२७
in अन्य, कुराकानी, देश, पत्रपत्रिका, फोटो फिचर, मनोञ्जन, समाचार
0
हेर्नुहोस् १४ तस्बिर, लकडाउनमा केकी अधिकारी (फोटो फिचर)
59
SHARES
255
VIEWS
Share on FacebookShare on Twitter

अभिनेत्री केकी अधिकारी लकडाउनमा कपनस्थित घरमा परिवारसँगै समय बिताइरहेकी छिन् ।

चलचित्र क्षेत्रमा आएदेखि नै उनको व्यस्त जीवन सुरु भयो । त्यसपछि उनको जीवनमा आराम भन्ने शब्द नै हराएको अनुभव भइसकेको थियो ।

तर, को’रोना भाइ’रसको कारण विश्व नै ठप्प हुँदा परिवारसँग समय बिताउन पाउनुलाई अवसरका रूपमा लिन्छिन्, केकी ।

यसको सदुपयोग गर्नुपर्छ भन्ने केकीले महिना दिन लामो लकडाउनलाई आफ्नो अनुभवमा तीन चरणमा विभाजन गरेकी छिन् । लकडाउनको पहिलो साता उनका लागि मज्जाको ब्रेक भयो ।

दोस्रो साता भने दिन बिताउन गाह्रो भयो । बाहिर काममा गई रहनेहरूका लागि यसरी घरभित्रै बन्द हुनु सजिलो पक्कै होइन । केकीलाई पनि उथलपुथल र छटपटी भयो । चलचित्र हेर्न पनि मन नलाग्ने, टाउको दुखेको जस्तो हुने, दिमागमा धेरै कुरा आइरहने, भविष्यको चिन्ता हुने र मन एकाग्र नहुने भइरह्यो ।

तर, तेस्रो र चौथो साताको लकडाउनमा उनको मन सन्तुलनमा आयो । यो समय उनमा ऊर्जा मात्र बढेन, कहिले मन नपर्ने कुकिङमा पनि उत्तिकै रहर जाग्यो । किचेनमा नयाँ-नयाँ परिकार पकाउन हौसिइन् । पुस्तक पढ्नु र चलचित्र हेर्नु त उनको नियमित तालिकामै पर्छ । यो समयमा उनले पहिले हेर्ने चलचित्रहरू हेरिन् । साथीहरूसँग अनलाइनमा छलफलसमेत गर्छिन् ।

यही अवधिमा ‘भर्चुअल लिटरेचर फेस्टिभल’मा कलाकार साथीहरूसँग बहस पनि गरिन् । उनी भन्छिन्, ‘जब हामी फुर्सदिला हुन्छौं । पुराना कुरामा अल्झिरहन्छौं र भविष्यबारे चिन्तित हुन्छौं । यस्तो गर्दा मान’सिक रोग लाग्न सक्छ । त्यही भएर खाली नबसी सिर्जनात्मक कार्यमा लाग्नुपर्छ ।’

त्यसैले उनी रीमा विश्वकर्मासँग मिलेर आफ्नो पेजमा अन्ताक्षरी कार्यक्रम पनि गरिरहेकी छिन् । साथै दर्शकका लागि लाइभ आउने त छदैछ । को’रोनाबाट सबैभन्दा बढी प्रभावित मनोरञ्जन नै हुने उनको निष्कर्ष छ । तर, यस्तो सोच्न थालेमा म’नोरोगी हुने भन्दै उनी थप्छिन्, ‘अहिले सबैले आफ्नो शारी’रिक र मान’सिक स्वास्थ ठीक राख्नुपर्छ । जब यसवाट निस्कन्छौं, केही ढोकाहरू बन्द होलान् । केही ढोका बन्द हुनु भनेको अर्काे ढोका खुल्नु पनि हो । त्यसैले चुनौतीलाई अवसरमा परिणत गरौं ।’

सिर्जना दुवाल श्रेष्ठ/कान्तिपुर साप्ताहिक
तस्बिर – महेश प्रधान
लोकेसन – केकी अधिकारीको निवास, कपन

Previous Post

वीरगन्जको चित्रलेखा स्टुडियोमा यौन धन्दा, सञ्चालक प्रजापतीसहित पाँच पक्राउ (भिडियो सहित)

Next Post

रुघाखोकी, ज्वरो वा स्वास्थ्य सम्बन्धी थप चिकित्सा परामर्श सेवा लिन सकिने

Next Post
रुघाखोकी, ज्वरो वा स्वास्थ्य सम्बन्धी थप चिकित्सा परामर्श सेवा लिन सकिने

रुघाखोकी, ज्वरो वा स्वास्थ्य सम्बन्धी थप चिकित्सा परामर्श सेवा लिन सकिने

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal