Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

सुटिङ ः १० मिटर एयर राईफल मिक्समा नेपाल कास्य जित्नबाट चुक्यो (फोटो फिचर )

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२१ मंसिर २०७६, शनिबार २०:५५
in अन्य, खेलकुद, देश, फोटो फिचर, समाचार
0
सुटिङ     ः १० मिटर एयर राईफल मिक्समा नेपाल कास्य जित्नबाट चुक्यो (फोटो फिचर )
31
SHARES
133
VIEWS
Share on FacebookShare on Twitter

ललितपुर, २१ मंसिर ।
१३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत सुटिङको १० मिटर एर राईफल टिम मिक्स इभेन्टमा पनि नेपाल चौथो भएको छ । खराब प्रदर्शन जारी राखेको नेपालले सुटिङमा जारी सागमा कुनै पनि पदक हात पारेको छैन्् । सातदोवाटोस्थित सुटिङ रेन्जमा शनिबार भएको मिक्स इभेन्टमा नेपालका कल्पना परियार र आर्नभ घिमिरेले कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए । तर उनीहरुको टिम पाकिस्तानसँग पराजित भयो । पाकिस्तानका रइस नाद्रा र अदिल गुफ्रिनको टोलीले कास्य पदक हात पार्न सफल भयो । पाकिस्तानी टिमले पदक भिडन्तमा १६ अंक ल्याउँदा नेपालका कल्पना र अर्नभको जोडीले ८ अंक मात्रै जोड््न सके । यस इभेन्टमा भारतले स्वर्ण पदक जित्दा बंगलादेशले रजत जितेको छ । भारतका मेहुली घोस एस बद्र्धानको जोडीले १७ अंक ल्याउँदा बंगलादेशका सायदा अटिका हसन र अब्दुल बकैको जोडीले ९ अंक ल्याएको थियो ।

यस्तै शनिबार नै भएको २५ मिटर रेपिड फायर पेस्तोल पुरुषको स्वर्ण पदक पनि भारतले नै जितेको छ । भारतका अनिसले ३१ अंकका साथ स्वर्ण पदक जितेक हुन्् । यसैगरी पाकिस्तान वसिर गुलाम मुस्तफाले २२ अंकका साथ रजत पदक जित्द्या भारतका भावेस शेखवतले १८ अंकका साथ कास्य पदक हात पारे । यसैगरी पाकिस्तानका मवुल हुसेन तबसुम १३ अंकका साथ चौथो स्थानमा रहँदा पाकिस्तानकै मोहम्मद खलिल अख्तर १० अंकका साथ पाँचौ र ८ अंक जोडेका भारतका आदर्स सिंह छैटौं स्थानमा रहे ।

यसको टिम इभेन्टमा पनि भारतले नै स्वर्ण पदकमाथि कब्जा जमायो । भारतका अनिस, भावेस सेखवत र आदर्श सिंहको समूहले १७२१ अंकका साथ स्वर्ण पदक जितेको हो । यसैगरी पाकिस्तानले रजत तथा श्रीलंकाले कास्य पदक हात पारेको छ । पाकिस्तानका मवुल हुसेन तब्सुम, गुलाम मुस्तफा बसिर र मुहम्मद खलिल अख्तरको समूहले १६९९ अंकका साथ रजत पदक जितेको हो ।

श्रीलंकाका करुना हेरब, एम.के.के. वानसिंगे र डी.डी.के अरवालगेको समूहले १५८८ अंकका साथ कास्य पदक जितेको हो । बंगलादेशको टिम चौथो हुँदा नेपालको टिम पाँचौं स्थानमा रह्यो । बंगलादेशका सैफुल इस्लाम, अर्सद हुसेन र मोहम्मद रहेनुल इस्लामको समूहले १३९८ अंक बनाएको थियो । पाँचौं स्थानमा रहेको नेपाली टिमले १२८२ अंक जोडेको छ । नेपाली टिममा बदरुद्दिन अन्सारी, विपेश खड््का र सुकदेव चौधरी रहेका थिए ।

बास्केटबल ः नेपालको मिश्रित प्रदर्शन
सागअन्तर्गत थ्री बाइ थ्री बास्केटबलको पुरुषमा नेपालले शनिबार मिश्रित प्रदर्शन गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्् (राखेप) को सेमी कभर्डहलमा भएको थ्री बाइ थ्रीको पहिलो दिन बंगलादेशलाई २१–९ ले पराजित गरेको नेपाल श्रीलंकासंग १८–१४ ले हा¥यो ।

पुरुषकै अन्य खेलमा भारतले दोहोरो जित निकाल्यो । भारतले श्रीलंकालाई २१–१३ तथा बंगलादेशलाई २१–११ ले पाखा लगायो । महिलामा भारतले श्रीलंकामाथि १८–१० को जित निकाल्यो ।

राखेपको कभर्डहलमा भएको बास्केटबलकै फुल कोर्टतर्फ पुरुषमा भारत समूह ‘बी’ को विजेता हुँदै सेमिफाइनलमा पुगेको छ । भारतले श्रीलंकालाई १२५–५० ले पन्छायो ।

महिलामा भारत र भुटानले सफलता हात पारे । भारतले श्रीलंकालाई १३६–५० तथा भुटानले बंगलादेशलाई ७८–१९ ले पन्छाए ।

कबड््डी ः भारत सफल
सागअन्तर्गत पुरुष कबड््डीको राउन्ड रोविन लिगमा भारतले शनिबार जित हात पारेको छ । हल्चोकस्थित सशस्त्र प्रहरीको कभर्डहलमा अपराजित भारतले बंगलादेशलाई ४४–१९ ले पराजित ग¥यो । पुरुषकै अर्को खेलमा पाकिस्तानले नेपाललाई ५४–२२ ले हरायो ।

कुस्ती ः संगीतालाई स्वर्ण
जनकपुर मंसिर २१

सागअन्तर्गत कुस्तीको महिला ५५ केजीमा नेपालकी संगीता धामीले शनिबार स्वर्ण जितेकी छन्् । स्वर्ण भिडन्तमा संगीताले बंगलादेशकी रिमे सर्केरलाई पराजित गरिन्् । सागको कुस्तीतर्फ कुनैपनि नेपाली खेलाडीले जितेको यो नै पहिलो स्वर्ण हो ।

महिलाको ५७ केजीमा भारतकी सरिता पहिलो भइन्् । नेपालकी अम्बिका भण्डारी दोश्रो भइन्् । ७६ केजीमा भारतकी गुर्शरणा प्रीति कपुरले स्वर्ण तथा श्रीलंकाकी चान्तले रजत जिते ।

पुरुष ७० केजीमा पाकिस्तानका अयात उल्लाह पहिलो, श्रीलंकाका निल दोश्रो र नेपालका सुरेश चुनारा तेश्रो भए । पुरुष ७९ केजीमा पाकिस्तानका रेहमानले स्वर्ण, श्रीलंकाका अनाकाले रजत र नेपालका बुन्नीलाल राउत ऐरले कांस्य हात पारे । पुरुष ९७ केजीमा भारतका काडियन सत्यवर्थ प्रथम, पाकिस्तानका अयाब द्वितीय र बंगलादेशका अवला दराबुरोसित तृतीय भए । पुरुष १२५ केजीमा भारतका सुमितले स्वर्ण, पाकिस्तानका जमान अन्वरले रजत र नेपालका राज यादवले कांस्य जिते ।

काश्य पक्का हुने खेलाडीहरु ः

सुशील थापामगर, पूरन राई, अर्जुन सिगु तौल समूहको खेलमा ललिताले श्रीलंकाकी नादिका पुष्प रनासिंघे अराचचिघेलाई अंकको आधारमा हराउदै फाइनलमा स्थान सुरक्षित गरिन्् । त्यस्तै महिला ५४ केजी तौल समूहको खेलमा मिनुले पनि बंगलादेशकी ओनिता ईस्लामलाई अंककै आधारमा पराजित गरिन्् । यसैगरी ६० केजी तौल समूहको खेलमा संगीताले पनि श्रीलंकाकी केशानी हंसिका कस्तुरी अर्चचिघेलाई अंककै आधारमा हराउदंै भारतकी परबिन संग स्वर्णका लागि भेट पक्का गरिन्् । परबिन भने बाई पाएर सोझै फाईनल प्रवेश गरेकी हुन्् ।

पुरुष ४९ केजी तौल समूहको खेलमा भने नेपालका सुशील थापामगर भारतका बिनोद तनवरसंग अंकको आधारमा पराजित भयो । हारसंगै सुशील काश्य पदकमा सिमित बने । यसैगरी ५६ केजी तौल समूहमा पनि नेपालका पूरन राई पराजित हुदै काश्यमा सिमित बन्यो । यसअघि बाई पाएर सोझै सेमिफाइनल पुगेका उनी बंगलादेशका मोहमद रोबिन मियासंग स्पिलिट डिसिजनको आधारमा पराजित भए । यस्तै ६४ केजी तौलको सेमिफाइनलमा नेपालका भूपेन्द« थापामगरले बंगलादेशका मोहमद अलामिनलाई अंकको आधारमा हराउंदै फाइनलमा प्रवेश गरेका छन्् । पुरुष ९१ केजीको भिडन्तमा भने नेपालका अर्जुन सिगु भारतका गौरव चौहानसंग पराजित हुदै काश्यमा सिमित भए ।

शनिवारै भएको अन्य खेलमा भारतकी कलाइभानी श्रीनिवासनले भूटानकी ल्हामो टान्डिनलाई हराउंदै फाइनलमा नेपालकी ललितासंग भिडन्त पक्का गरिन्् । त्यस्तै महिला ५४ केजीमा भारतकी शिक्षाले श्रीलंकाकी सजीवनी मुथुथन्थ्री पटाबेन्डीगेलाई हराइन्् । त्यस्तै पुरुष ४९ केजीमा भूटानका टासी वाङ््दीले बंगलादेशका मोहमद सोजिब होसेनलाई हराउंंदै फाइनलमा भारतका बिनोद तनवरसंग भेट पक्का गरेका छन्् । पुरुष ५६ केजीको खेलमा भारतका सचिन फाइनलमा प्रवेश गरेका छन्् । उनले पाकिस्तानमा नकिबुल्लाहलाई अंकको आधारमा हराए । यसैगरी ६४ केजीमा भारतका मनिष कौशिकले पनि श्रीलंकाका डिनिडु डु पोन्नविला भिदानालागे दनलाई पराजित गर्दै फाइनलमा नेपालका भूपेन्द« थापामगरसंग स्वर्णका लागि भिडन्त तय गरे । यसैगरी ७५ केजीको फाइनलका लागि भारतका अंकित खताना र श्रीलंकाका दिनेश मदुरंगा पाथिरागे दनले भिडन्त पक्का गरेका छन्् ।

दोस्रो दिनको खेलपछि फाइनल पुग्ने नेपाली खेलाडीहरु ः
महिला तर्फः
ललिता महर्जन (४८ केजी), मिनु गुरुङ (५४ केजी ), संगीता सुनार (६० केजी), पूनम रावल (६४ केजी)
पुरुष तर्फः
आशिष दुवाडी (९१ केजी भन्दा माथि), भूपेन्द« थापामगर (६४ केजी)
काश्य पक्का हुने खेलाडीहरु ः
सुशील थापामगर, पूरन राई, अर्जुन सिगु

फोटो फिचर सहित :-

  • ????????????????????????????????????
  • ????????????????????????????????????
  • sf7df8f}F, !% dª\l;/ M !# cf}F blIf0f PlzofnL v]ns’b k|ltof]lutfdf ;xefuL v]nf8L sf7df8f}Fdf cfOtaf/b]lv z’? ePsf] !# cf}F blIf0f PlzofnL v]ns’b k|ltof]lutfsf] pb\3f6g sfo{qmddf ;xefuL v]nf8L . t:jL/ M /Tg >]i7÷/f;;
Previous Post

बक्सिंग ः तीन नेपाली महिला बक्सर फाइनलमा

Next Post

तिन जना लाई पछि पादै झापा का राम लिम्बू यसरी बने बिजेता द भ्वाइस अफ नेपाल सिजन २ (भिडियो सहित)

Next Post
तिन जना लाई पछि पादै झापा का राम लिम्बू यसरी बने बिजेता द भ्वाइस अफ नेपाल सिजन २ (भिडियो सहित)

तिन जना लाई पछि पादै झापा का राम लिम्बू यसरी बने बिजेता द भ्वाइस अफ नेपाल सिजन २ (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal