Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

अन्तरविद्यालय फुटबल मंसिर अन्तिम साता | ओडिसीमा बास्केटबल शनिबारदेखि | तेश्रो समृद्ध रुकुम चेस डिसेम्बरमा | धमला निर्वाचित

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
६ मंसिर २०७६, शुक्रबार १६:२७
in खेलकुद, देश, प्रदेश नं ३, समाचार
0
अन्तरविद्यालय फुटबल मंसिर अन्तिम साता | ओडिसीमा बास्केटबल शनिबारदेखि | तेश्रो समृद्ध रुकुम चेस डिसेम्बरमा | धमला निर्वाचित

?

7
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रथम वेस्ट काठमाडौं अन्तर विद्यालय फुटबल प्रतियोगिता मंसिर अन्तिम साता हुने भएको छ । वेस्ट काठमाडौं फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा उपत्यकाका १६ विद्यालयलाई सहभागी गराइने क्लबका अध्यक्ष सुन्दर थापाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनले खस्किँदै गएको फुटबलको स्तर बढाउन र ग्रासरुटबाटै दक्ष खेलाडी उत्पादन गर्न प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए ।

अन्तरविद्यालय फुटबल मंसिर अन्तिम साता

नयाँ नैकापस्थित फुटबल मैदानमा हुने प्रतियोगिताका खेलहरु नकआउटका आधारमा सञ्चालन हुनेछ । प्रतियोगिताका विजेताले ५० हजार, उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । यस्तै तेस्रो हुने टोलीले १५ हजार र प्लेयर प्ले टोलीले १० हजार रुपैयाँ पाउने छन् ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमध्येबाट केही खेलाडी छनोट गरी नियमित प्रशिक्षण गराउने अध्यक्ष थापाले जानकारी दिए । वेस्ट काठमाडौं फुटबल क्लबले स्पेनको चर्चित क्लब एट्लेटिको म्याड्रिडसँगको सहकार्यमा हाल ८० जनालाई नियमित प्रशिक्षण गराउँदै आएको छ । उनले आगामी वर्षदेखि एकेडेमी सञ्चालन गरी पशिक्षण गराउने जानकारी दिए ।

ओडिसीमा बास्केटबल शनिबारदेखि

ओडिसीमा बास्केटबल शनिबारदेखि
ओडिसी इन्टरनेसनल एकेडेमीको आयोजनामा १२ औं ओडिसी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ ।
प्रतियोगिताको जुनियर ब्वाइजमा २४ तथा सिनियर गल्र्समा १६ टिमले भाग लिने ओडिसीका प्रिन्सिपल नारायण रोकाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । गल्र्सको प्रतिस्पर्धा थ्री बाइ थ्री स्वरुपमा हुने छ । ब्वाइजमा एन्जल्स हर्ट तथा गल्र्समा भ्याली पब्लिक डिफेन्डिङ च्याम्पियन हुन् । फाइनल मंसिर १३ गते हुने छ ।

तेश्रो समृद्ध रुकुम चेस डिसेम्बरमा
तेश्रो समृद्ध रुकुम फीडे रेटिङ चेस प्रतियोगिता २४ देखि २८ डिसेम्बर रुकुम पूर्वमा हुने भएको छ । प्रतियोगिताको कुल पुरस्कार राशी ३ लाख ३ हजार रुपैया रहेको छ । प्रतियोगिताको उपाधि विजेताले ५० हजार, उपविजयीले ३० हजार तथा तेश्रो स्थान पाउने खेलाडीले २० हजार रुपैया पुरस्कार पाउने छन् । चौथो हुनेले १६ हजार, पाचौ हुनेले १५ हजार, छैटौ हुनेले १४ हजार, सातौ हुनेले १३ हजार, आठौ हुनेले १२ हजार, नवौ हुनेले ११ हजार तथा दशौ हुनेले ११ हजार रुपैया पुरस्कार पाउने छन् । महिला तर्फ शिर्ष स्थान पाउनेले ८ हजार, ६ हजार तथा ४ हजार रुपैया पुरस्कार पाउने छन् । प्रदेश ५का शिर्ष दुइ खेलाडीले ८ हजार र ६ हजार रुपैया पुरस्कार पाउने छन् । उत्कृष्ट स्थानीयले ८ हजार तथा उत्कृष्ट भेट्रान तथा अन रेटेडले पनि ८ हजार रुपैया पुरस्कार पाउने छन् । अन्य रेटिङ क्याटोगोरीमा उत्कृष्ट हुनेले पनि ८ हजार रुपैया पुरस्कार पाउने छन् ।

धमला निर्वाचित
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) का अध्यक्ष अञ्जन धमला एसियाली आईटीएफ तेक्वान्दो महासंघको साधारण सभाबाट सदस्यमा निर्वाचित भएका छन् ।
नोभेम्बर १९ देखि २५ तारिखसम्म चीनको बेइजिङमा भएको साधारणसभामा ४५ राष्ट्रको सहभागिता रहेको धमलाले जनाएका छन् । धमला यसअघि दक्षिण एसियाली आईटीएफ तेक्वान्दो महासंघका उपाध्यक्ष थिए ।

धमला निर्वाचित

नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत प्राविधिक समितिको पत्रकार सम्मेलन ः
मिति ः २०७६ साल मंसिर ७ गते, शनिबार ।
समय ः अपरान्ह १ः०० बजे ।
स्थान ः प्रचार प्रसार समिति, राष्ट्रिय खेलकुद परिषद्, त्रिपुरेश्वर ।

Previous Post

सागको ओलम्पिक टर्च ¥याली सुरु

Next Post

भ्याली पब्लिक र ग्रिनल्यान्डलाई उपाधि

Next Post
भ्याली पब्लिक र ग्रिनल्यान्डलाई उपाधि

भ्याली पब्लिक र ग्रिनल्यान्डलाई उपाधि

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal