रियाद, साउन १ । साउदी अरबमा रहेका नेपाली नागरिकहरूले भोगिरहेका विभिन्न समस्यालाई एकीकृत, सरल र प्रभावकारी रूपमा सम्बोधन गर्ने उद्देश्यले प्रस्तावित ‘नमस्ते दूतावास’ WhatsApp Group तथा ‘प्रवास Help Desk’ Google Form सञ्चालनका विषयमा नेपाली राजदूतावास, रियादमा महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
प्रवास नेपाली सम्पर्क विभाग, साउदी अरबको अवधारणाअनुसार आयोजित कार्यक्रममा प्रवासी नेपालीका गुनासा व्यवस्थित रूपमा संकलन गर्ने, सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गर्ने तथा समस्या समाधान प्रक्रियालाई थप छिटो र सहज बनाउने विषयमा विस्तृत छलफल भएको थियो।

कार्यक्रममा ‘प्रवास Help Desk’ Google Form लाई नेपाली राजदूतावासको प्राविधिक टोली र प्रवास नेपाली सम्पर्क विभागको प्राविधिक टोलीले आवश्यक परिमार्जन तथा व्यवस्थापन गरी छिट्टै सार्वजनिक गरिने जानकारी पनि साझा गरिएको थियो।
यो प्रणाली सञ्चालनमा आएपछि साउदी अरबमा रहेका नेपालीहरूले आफ्ना समस्या एकीकृत डिजिटल माध्यमबाट सम्बन्धित निकायसम्म सहज रूपमा पुर्याई छिटो, पारदर्शी र प्रभावकारी सेवा प्राप्त गर्न सक्ने विश्वास व्यक्त गरिएको छ।

अन्तरक्रिया कार्यक्रममा नेपाली राजदूतावास, रियादका कार्यवाहक राजदूत सिर्जना अधिकारी लेबर consult कविराज उप्रेती साथै दूतावास रियादका प्रतिनिधिहरू, प्रवास नेपाली सम्पर्क विभाग साउदी अरबका केन्द्रीय समिति तथा दुवै क्षेत्रीय समितिका पदाधिकारी एवं सदस्यहरूको सहभागिता रहेको थियोे।

कार्यक्रमको सफल आयोजना तथा समन्वयमा सहयोग पुर्याएकोमा नेपाली राजदूतावास, रियादप्रति आयोजकले आभार व्यक्त गरेको छ।
साथै कार्यक्रममा सहभागी सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै यस पहलले साउदी अरबमा रहेका नेपाली समुदायलाई थप सहज, व्यवस्थित र प्रभावकारी सेवा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा लिएका केही तस्बिरहरू











>










Discussion about this post