Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

साउदीको रियादमा रचना रिमालको सांगीतिक प्रस्तुति दिने

अन्जान गुभाजु by अन्जान गुभाजु
३० असार २०८३, मंगलवार ०८:११
in पत्रपत्रिका, प्रवास, समाचार, समाज
0
साउदीको रियादमा रचना रिमालको सांगीतिक प्रस्तुति दिने
6
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

रियाद, साउदी अरब। अन्जान गुभाजु । साउदी अरबमा रहेका नेपालीहरूका लागि आगामी अगस्ट ७ विशेष आकर्षणको दिन बन्ने भएको छ। झापाली समाज–साउदी अरबियाले आफ्नो तेस्रो महाधिवेशन तथा भव्य सांस्कृतिक कार्यक्रम रियादको एक्जिट–१३ मा आयोजना गर्ने भएको छ। कार्यक्रममा नेपालकी चर्चित गायिका रचना रिमालको विशेष सांगीतिक प्रस्तुति रहनेछ।

आयोजकका अनुसार कार्यक्रममा स्थानीय कलाकारहरूको प्रस्तुति, विविध सांस्कृतिक कार्यक्रम तथा नेपाली समुदायबीच आपसी सद्भाव, भाइचारा र एकता प्रवर्द्धन गर्ने विशेष अवसर रहनेछ। कार्यक्रम दिउँसो १२ बजेदेखि सुरु हुनेछ भने प्रवेश शुल्क २५ साउदी रियाल तोकिएको छ।

झापाली समाज–साउदी अरबियाका अध्यक्ष रबिन गिरीले कार्यक्रमबारे जानकारी दिँदै साउदी अरबमा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्।

अध्यक्ष गिरीले भने, “यो कार्यक्रम केवल मनोरञ्जनका लागि मात्र होइन, नेपाली समुदायलाई एकताबद्ध गर्ने, आपसी सम्बन्ध सुदृढ बनाउने र सामाजिक सेवामा योगदान पुर्‍याउने साझा अभियान पनि हो। हामी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई यसको गरिमा बढाइदिन हार्दिक अनुरोध गर्दछौं।”

उनले कार्यक्रमबाट संकलित रकमको सम्पूर्ण खर्च कटाएर बचत हुने रकम वृद्धाश्रमलाई सहयोगस्वरूप प्रदान गरिने जानकारी दिँदै सहभागितामार्फत सामाजिक उत्तरदायित्व निर्वाह गर्न सबैलाई आग्रह गरे।

साउदी अरबभर कार्यरत नेपाली व्यवसायी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, बुद्धिजीवी, श्रमिक तथा आम नेपाली समुदायको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको यस कार्यक्रमलाई नेपाली कला, संस्कृति, मनोरञ्जन र मानव सेवाको संगमका रूपमा हेरिएको छ।

मनोरञ्जनसँगै समाजसेवाको उद्देश्य बोकेको यस कार्यक्रमले साउदी अरबस्थित नेपाली समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास आयोजकको छ।

साउदी अरेबिया नेपाली श्रमिकहरुको राहत तथा उद्दार र सामाजिक अभियानमा समाज सक्रिय रहदै आईरहेको छ।

Previous Post

युएईमा निधन भएका रोल्पाका युवाको शव स्वदेश ल्याइयो

Next Post

साउदीमा नेपालीको समस्या समाधानका लागि ‘नमस्ते दूतावास’ WhatsApp Group र ‘प्रवास Help Desk’ सञ्चालनको तयारी

Next Post
साउदीमा नेपालीको समस्या समाधानका लागि ‘नमस्ते दूतावास’ WhatsApp Group र ‘प्रवास Help Desk’ सञ्चालनको तयारी

साउदीमा नेपालीको समस्या समाधानका लागि ‘नमस्ते दूतावास’ WhatsApp Group र ‘प्रवास Help Desk’ सञ्चालनको तयारी

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal