Date
मङ्ल, जेष्ठ १९, २०८३
Tue, June 2, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गणतन्त्र दिवस तथा ईद विशेषभेटघाट, सचेतनामूलक अन्तरक्रिया एवं प्रशिक्षण कार्यक्रम सम्पन्न

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१८ जेष्ठ २०८३, सोमबार ०३:३२
in प्रवास, राजनीति, समाचार
0
गणतन्त्र दिवस तथा ईद विशेषभेटघाट, सचेतनामूलक अन्तरक्रिया एवं प्रशिक्षण कार्यक्रम सम्पन्न
22
SHARES
95
VIEWS
Share on FacebookShare on Twitter

नेपाली जनप्रगतिशील मञ्च, साउदी अरेबिया – राष्ट्रिय समिति को आयोजनामा गणतन्त्र दिवस तथा ईदको अवसर पारेर २०२६ मे २८ तारिख (वि.सं. २०८३ जेठ १४ गते बिहीबार) रियादको Exit–18 मा भव्य रूपमा “भेटघाट, सचेतनामूलक अन्तरक्रिया एवं प्रशिक्षण कार्यक्रम” सफलतापूर्वक सम्पन्न भएको छ। बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रम साउदी अरबमा रहेका नेपाली समुदायबीच आपसी भाइचारा, एकता, चेतना तथा संगठनात्मक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यका साथ आयोजना गरिएको थियो।

विदेशी भूमिमा श्रम, संघर्ष र जिम्मेवारीका बीच जीवनयापन गरिरहेका नेपालीहरूलाई मानसिक, सामाजिक, आर्थिक तथा नेतृत्व विकासका विषयमा सचेत गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा साउदी अरबका विभिन्न क्षेत्रहरू — रियाद, जुबैल, दमाम, हेल, अल–कासिम, हफर अल–बातिन लगायतका स्थानबाट उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले यसलाई साउदी अरबस्थित नेपाली समुदायका लागि ऐतिहासिक, उपलब्धिमूलक तथा अत्यन्त प्रेरणादायी कार्यक्रमका रूपमा लिएका छन्।

कार्यक्रमको अध्यक्षता तथा विशेष उपस्थिति

कार्यक्रमको अध्यक्षता नेपाली जनप्रगतिशील मञ्च, साउदी अरेबिया राष्ट्रिय समितिका अध्यक्ष रामचन्द्र वाग्लेले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा कमल शाही उपस्थित हुनुहुन्थ्यो भने विशेष अतिथिहरूमा बिमल गौतम, आरबी लामा, नवराज चौलागाईं तथा युवराज कार्कीको उपस्थिति रहेको थियो।

कार्यक्रम सञ्चालन तथा कार्यक्रमको उद्देश्य, महत्व र सम्पूर्ण जानकारी महासचिव बासुदेव सापकोटाले प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रम राष्ट्रिय गान तथा मौनधारणबाट सुरु गरिएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष हरि बहादुर बुढाथोकीले व्यक्त गर्नुभएको थियो। क्षेत्रिय अध्यक्षहरूबाट क्षेत्रगत रिपोर्टिङ पनि प्रस्तुत भएको थियो।

प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमका मुख्य आकर्षणहरू
१. मानसिक स्वास्थ्य तथा तनाव व्यवस्थापन

कार्यक्रमको मानसिक स्वास्थ्य सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया रह्यो। महासचिव बसुदेव सापकोटाले मानसिक स्वास्थ्यको महत्व, वैदेशिक रोजगारीका कारण उत्पन्न हुने तनाव, एक्लोपन, चिन्ता, निद्रा समस्या तथा भावनात्मक दबाबका विषयमा प्रशिक्षण दिनुभएको थियो।

उहाँले मानसिक रूपमा स्वस्थ रहन साथीहरूसँग अनुभव साझा गर्ने, समूहमा खुला छलफल गर्ने, सकारात्मक सोच विकास गर्ने तथा सहयोग खोज्न हिच्किचाउन नहुने सन्देश दिनुभयो। कार्यक्रममा सहभागीहरूलाई समूह कार्यशाला (Group Workshop) मार्फत तनाव कम गर्ने उपायहरूबारे व्यावहारिक अभ्यास समेत गराइएको थियो।

२. वित्तीय साक्षरता तथा भविष्य योजना

यस कार्यक्रममा मुख्य आकर्षणको रूपमा कुमारी बैङ्कका तर्फबाट आरबी लामाले वित्तीय साक्षरता सम्बन्धी विशेष प्रशिक्षण सञ्चालन गर्नुभयो। प्रशिक्षणमा IPO, DEMAT, SIP, बचत, लगानी, सामाजिक सुरक्षा कोष तथा भविष्य सुरक्षित गर्ने आर्थिक योजनाबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

वैदेशिक रोजगारीबाट कमाएको रकमलाई सही व्यवस्थापन गरेर भविष्य सुरक्षित बनाउनुपर्ने विषयमा सहभागीहरूलाई सचेत गराइएको थियो। हार्दिक धन्यवाद कुमारी बैङक र आरवि लामा ज्युलाई।

३. नेतृत्व विकास तथा व्यक्तित्व निर्माण

महासचिव बासुदेव सापकोटाले नेतृत्व विकास (Leadership Development) सम्बन्धी प्रशिक्षण सञ्चालन गर्दै आत्मविश्वास, अनुशासन, जिम्मेवारी, समय व्यवस्थापन तथा संस्थागत नेतृत्वको महत्वबारे प्रशिक्षण दिनुभयो।

उहाँले साउदी अरबमा रहेका नेपाली युवाहरूले व्यक्तिगत सीप विकास, दक्षता अभिवृद्धि तथा प्रमाणपत्र (Skills & Certifications) हासिल गरेर भविष्यका अवसरहरू सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

४. राजनीतिक तथा सामाजिक चेतना

विशिष्ठ अतिथि बिमल गौतमले नेपालको राजनीतिक अवस्था, साम्यवाद तथा समसामयिक राजनीतिक सन्दर्भबारे विचार व्यक्त गर्नुभयो। त्यसैगरी प्रमुख अतिथि कमल शाहीले नेपाली जनप्रगतिशील मञ्च (NPPF) को भूमिका, उद्देश्य तथा नेपाली समुदायलाई संगठित बनाउने अभियानबारे धारणा राख्नुभयो।

५. खुला अन्तरक्रिया तथा सहभागिता

कार्यक्रमभर सहभागीहरूबीच खुला छलफल, प्रश्न–उत्तर तथा अनुभव आदान–प्रदान गरिएको थियो। वैदेशिक जीवनका चुनौतीहरू, श्रमिक समस्या, सामाजिक सम्बन्ध, मानसिक स्वास्थ्य तथा भविष्य निर्माणका विषयमा सहभागीहरूले खुलेर आफ्नो धारणा राखेका थिए।

कार्यक्रमको उद्देश्य

यस कार्यक्रममार्फत नेपाली युवाहरूमा मुख्य गरि, मानसिक स्वास्थ्य तथा तनाव व्यवस्थापन, नेतृत्व विकास तथा व्यक्तित्व निर्माण, वित्तीय साक्षरता तथा भविष्य योजना, सामाजिक तथा राजनीतिक चेतना, डिजिटल तथा सामाजिक सञ्जाल सचेतना, आत्मनिर्भरता तथा सीप विकासर नेपाली समुदायबीच एकता र भाइचारा सुदृढीकरण विषयमा चेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो।
नेपाली जनप्रगतिशील मञ्च, साउदी अरेबिया राष्ट्रिय समिति कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरू, अतिथिहरू, प्रशिक्षकहरू, स्वयंसेवक साथीहरू तथा सहभागी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ।
साउदी अरबका विभिन्न क्षेत्रबाट समय निकालेर उपस्थित भई कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण साथीहरूको सहभागिताले नेपाली समुदायबीच आपसी आत्मीयता, भाइचारा, चेतना तथा संगठनात्मक सम्बन्धलाई अझ मजबुद बनाएको विश्वास लिएका छौं।

आयोजक
नेपाली जनप्रगतिशील मञ्च, साउदी अरेबिया
राष्ट्रिय समिति

Previous Post

गायिका लक्ष्मी स्याङ्तान तामाङको प्रस्तुतीले आभा खमिसमा जमायो माहोल

Next Post

लुङ्ग्री गाउँपालिकामा कम्प्युटर तथा फोटोकपी खरिदमा अनियमितता आरोप, अध्यक्षदेखि कर्मचारीसम्मको भूमिकामा प्रश्न

Next Post
लुङ्ग्री गाउँपालिकामा कम्प्युटर तथा फोटोकपी खरिदमा अनियमितता आरोप, अध्यक्षदेखि कर्मचारीसम्मको भूमिकामा प्रश्न

लुङ्ग्री गाउँपालिकामा कम्प्युटर तथा फोटोकपी खरिदमा अनियमितता आरोप, अध्यक्षदेखि कर्मचारीसम्मको भूमिकामा प्रश्न

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal