बहुप्रतिक्षित नेपाली फिल्म ‘१२ गाउँ २’ को छायांकनका लागि अभिनेता समिर भट्ट नेपाल आइपुगेका छन्।
केही समयअघि उनी अभिनय प्रशिक्षणका लागि भारत गएका थिए। त्यहाँ अभिनय सिकेर अझ निखारिएको प्रस्तुति दिने तयारीसहित उनी अहिले फिल्मको छायांकनमा जुट्न नेपाल फर्किएका हुन्।
यसअघि रिलिज भएको ‘१२ गाउँ’ ले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो। सोही सफलतापछि यसको दोस्रो भाग ‘१२ गाउँ २’ प्रति दर्शकको उत्साह र अपेक्षा झन् बढेको देखिएको छ।
फिल्मलाई अझ उत्कृष्ट बनाउने लक्ष्यसहित टोली अहिले छायांकन तयारीमा जुटिरहेको बताइएको छ।

>









Discussion about this post