Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

कञ्चनजंघा सेकेण्डरी स्कूलले सम्पन्न गर्‍यो “KBS Carnival–2082”

रबिन राउत by रबिन राउत
७ चैत्र २०८२, शनिबार १६:२९
in प्रदेश नं १, शिक्षा
0
कञ्चनजंघा सेकेण्डरी स्कूलले  सम्पन्न गर्‍यो  “KBS Carnival–2082”
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

इटहरीमा रहेको कञ्चनजंघा सेकेण्डरी स्कूल ले आयोजना गरेको “KBS Carnival–2082” शिक्षालाई व्यवहारसँग जोड्ने सन्देशसहित सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रमले परम्परागत वार्षिक समारोहभन्दा फरक शैली प्रस्तुत गर्दै अभिभावक तथा दर्शकलाई नयाँ अनुभूति दिएको थियो।
कार्यक्रमकी प्रमुख अतिथि गीता गौतम ले दीप प्रज्वलन गर्दै अहिलेको शिक्षा प्रणाली केवल किताबी ज्ञानमा सीमित हुन नहुने बताउनुभयो। उहाँले सेवा, संस्कार, अनुशासन र सामाजिक उत्तरदायित्वलाई शिक्षाको अभिन्न अंगका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। विद्यालयले शैक्षिक गुणस्तर र नतिजामा निरन्तरता दिँदै आएको भन्दै उहाँले प्रशंसा गर्नुभयो।

अतिथिका रूपमा सहभागी गणेश कोईरालाले विद्यालयले विद्यार्थीलाई आत्मविश्वासी र व्यवहारिक बनाउने प्रयास सराहनीय रहेको प्रतिक्रिया दिनुभयो।
कर्निभलको मूल आकर्षण बृहत् शैक्षिक प्रदर्शनी रह्यो। जहाँ विद्यार्थीहरूले आफैं तयार पारेका परियोजना, वैज्ञानिक अवधारणा, ऐतिहासिक सामग्री, स्थानीय संस्कृति तथा आधुनिक प्रविधिसँग सम्बन्धित सामग्री प्रस्तुत गरेका थिए। केही स्टलमा पुराना पुस्ताले प्रयोग गरेका दैनिक सामग्रीहरू प्रदर्शन गरिएका थिए भने अर्को भागमा आधुनिक उपकरण र प्रविधिको प्रयोगबारे जानकारी दिइएको थियो। यसले पुस्ता–अन्तरबीचको ज्ञानलाई एउटै छानामुनि ल्याएको अनुभूति गराएको थियो।


यसका साथै Food Stall र Game Zone ले कर्निभललाई उत्सवमय बनाएको थियो। विद्यार्थीहरू व्यवस्थापन, बिक्री तथा समन्वयमा सक्रिय देखिन्थे, जसले उनीहरूको नेतृत्व र उद्यमशीलता क्षमताको झल्को दिएको थियो।
सांस्कृतिक सत्रमा विद्यार्थीहरूको नृत्य, गीत, कविता र नाट्य प्रस्तुतीले माहोललाई थप उत्साहित बनायो। पूर्वका चर्चित चलचित्र निर्देशक तुलसी घिमिरे को उपस्थितिले कार्यक्रमलाई विशेष गरिमा प्रदान गरेको थियो। एक सांगीतिक ब्यान्डको प्रस्तुतीसँगै अभिभावकहरू समेत संगीतको तालमा रमाउँदै नाचेका थिए।
कार्यक्रमको अध्यक्षता विद्यालयका प्रिन्सिपल हरि आचार्यले गर्नुभएको थियो। उहाँले समापन मन्तव्यमा विद्यालयले आगामी दिनमा शैक्षिक उत्कृष्टतासँगै नैतिक शिक्षा, सिर्जनशीलता र सामाजिक सेवामा जोड दिने बताउनुभयो।


“KBS Carnival–2082” ले शिक्षा केवल परीक्षा र प्रमाणपत्रमा सीमित नभई जीवन उपयोगी सीप, संस्कार र व्यवहारिक ज्ञानमा आधारित हुनुपर्छ भन्ने सन्देश प्रवाह गरेको छ। कार्यक्रमले विद्यार्थीको प्रतिभा उजागर गर्दै विद्यालय र अभिभावकबीचको सम्बन्ध अझ सुदृढ बनाएको विश्वास गरिएको छ।

Previous Post

अभिनेता समिर भट्ट नेपाल आइपुगे |

Next Post

सप्तरीमा १४ वर्षीया दलित बालिका एक सातादेखि बेपत्ता, यौन शोषणको आशंका, अनुसन्धानमा ढिलाइ

Next Post
सप्तरीमा १४ वर्षीया दलित बालिका एक सातादेखि बेपत्ता, यौन शोषणको आशंका, अनुसन्धानमा ढिलाइ

सप्तरीमा १४ वर्षीया दलित बालिका एक सातादेखि बेपत्ता, यौन शोषणको आशंका, अनुसन्धानमा ढिलाइ

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal