९ फागुन, गौर — कर्फ्यूका बाबजुद गौरका भित्री क्षेत्रमा आगजनी रोकिएको छैन। मचकुटिया टोल (वडा–४) मा एक स्कुटरमा आगजनी भएको छ भने हालसम्म ६ मोटरसाइकल र २ जिपमा आगो लगाइएको छ। मुख्य सडक शान्त देखिए पनि भित्री बस्तीमा तनाव कायम छ।
वडा–६ को सनगढा गाउँमा दुई समुदायबीच भएको झडपपछि स्थिति उग्र बनेको हो। विवाद बढ्दै वडा ४, ५ र ६ मा झडप भएको थियो। नियन्त्रणका लागि प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ।

थप हिंसा रोक्न जिल्ला प्रशासनले शनिबार दिउँसो १ बजेदेखि कर्फ्यू जारी गरेको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालले जानकारी दिएका छन्।

>









Discussion about this post