नेपाल–भारत सीमामा आवतजावत गर्ने यात्रुबाट अब भारतले यात्रा कर असुल गर्ने भएको छ। भारतीय पक्षले लागू गरेको नयाँ नियमअनुसार नेपालगन्ज–रुपैडिहास्थित इन्टिग्रेटेड चेकपोस्ट (आईसीपी) हुँदै सीमा पार गर्ने यात्रुबाट यात्रा कर लिइनेछ।
नयाँ व्यवस्था अनुसार वयस्क यात्रुबाट १०० रुपैयाँ र बालबालिकाबाट ५० रुपैयाँ यात्रा कर असुल गरिनेछ। यो कर नेपाली र भारतीय नागरिक दुवैका लागि समान रूपमा लागू हुने जनाइएको छ।
आईसीपी पोर्ट प्रशासनले यसबारे सम्बन्धित निकाय तथा जिल्ला प्रशासन कार्यालयलाई औपचारिक रूपमा जानकारी गराइसकेको छ। तर, जमुनाहा–रुपैडिहा नाका हुँदै सिधै आवतजावत गर्ने यात्रुमा भने यो नियम लागू नहुने स्पष्ट गरिएको छ। आईसीपी प्रयोग गरी सीमा पार गर्ने यात्रुमा मात्र कर लाग्ने व्यवस्था गरिएको हो।
आईसीपी हुँदै दैनिक सयौँको संख्यामा नेपाल–भारत सीमा आवतजावत हुने गर्दछ। विशेषगरी रोजगारी, व्यापार, उपचार तथा पारिवारिक कारणले ठूलो संख्यामा यात्रुहरू सीमा पार गर्ने गरेका छन्। नयाँ कर व्यवस्थाले सीमावर्ती क्षेत्रका यात्रुहरूमा केही असर पर्न सक्ने देखिएको छ।

>









Discussion about this post