दम्माम, साउदी अरब। नेपाली लोकसंगीत क्षेत्रमा आफ्नै विशिष्ट पहिचान बनाएकी चर्चित लोक गायिका तुलसी क्षेत्री साउदी अरबको दम्माममा सांगीतिक प्रस्तुति लिएर आउने भएकी छन्।
नेपाली साझा मञ्च, राष्ट्रिय समन्वय समिति साउदी अरबको आयोजनामा हुन लागेको संस्थाको १०औँ वार्षिकोत्सव तथा चौथो अधिवेशन को अवसरमा क्षेत्रीले विशेष सांगीतिक प्रस्तुति दिने कार्यक्रम तय भएको हो।

लोक भाकाको संरक्षण र प्रवर्द्धनमा सक्रिय गायिका क्षेत्रीले घर मेरो कास्की, “माइतीघर”, “रेलीमाई”, “लाहुरे दाइ”, “पिरतीको डोरी” लगायतका चर्चित लोकगीतमार्फत नेपाली स्रोता–दर्शकमाझ गहिरो छाप छोड्दै आएकी छन्। उनका गीतमा ग्रामीण जीवन, माया–प्रेम, पीडा तथा नेपाली समाजको यथार्थ जीवन्त रूपमा प्रस्तुत हुने गरेको छ।
नववर्ष २०२६ को शुभकामना आदान–प्रदान सहित आयोजना हुने यस भव्य सांस्कृतिक कार्यक्रममा गायक रोम लामा तथा साउदी अरबमा रहेका प्रतिभाशाली स्थानीय कलाकारहरूको समेत विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ।
कार्यक्रम शुक्रबार, ९ जनवरी २०२६ का दिन बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म दम्मामस्थित रोज गार्डेन होटल मा आयोजना हुनेछ।
आयोजक संस्थाले साउदी अरबमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई कार्यक्रमलाई भव्य, सफल र स्मरणीय बनाउन हार्दिक आग्रह गरेको छ।

>









Discussion about this post