काठमाडौं– गायिका तथा मोडल सुनिता खड्काले लामो समयको मेहनतपछि आफ्नो महत्वाकांक्षी गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् ।
गायिका खड्काले गायक राजन बिसीसंग यूगल गायन गरेको गीत ‘मसान घाट…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गायिका तथा मोडल सुनिता खड्काकै शब्द रचनाको उक्त गीतलाई राजन बिसीले संगीतबद्ध गरेका हुन् ।
साढे १४ मिनेट लामो उक्त गीतलाई गीति कथाको रुपमा चित्रण गरिएको छ ।

छोटो चलचित्र हेरेको जस्तो अनुभव गर्न सकिने उक्त गीतको भिडियोमा फिल्म अभिनेता यशराज गराच मुख्य भूमिकामा छन् ।
अभिनेता गराचलाई सुनिता खड्का, शैलेश पहरी, सुजन पहरी, सुप्रिया लिम्बु आदिले साथ दिएका छन् ।
भिडियोमा हेमराज जैसी, जोयल श्रेष्ठ, मधु राई, रमेश सुनार, रिता लिम्बु, तुल्सीराम अवाल, रिता पहरी, रमेश पहरी, अम्बिका नगरकोटी, गृष्मा क्षेत्री, निर्मला लिम्बु, सूर्य ओली आदि कलाकारले पनि अभिनय गरेका छन् ।
पदम सुनारले यो भिडियोलाई सम्पादन तथा रंग संयोजन गरेका छन् ।
भिडियोलाई मुकेश हुमागाईं तथा उनको समुहले छायांकन गरेको हो ।
केशवराज भट्ट यो भिडियोका कोरियोग्राफर हुन् ।
भिडियोमा शैलेश पहरीको कथा, अवधारण तथा निर्देशन रहेको छ ।
यो भिडियोले छोटो समयमै दर्शकको मन जित्नै आएको छ ।

>










Discussion about this post