Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

राजनीतिक असहिष्णुता र गालीगलौजप्रति जनसम्पर्क समिति साउदी अरेबियाको गम्भीर आपत्ति

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१६ पुष २०८२, बुधबार १७:०९
in प्रवास, समाचार, समाज
0
राजनीतिक असहिष्णुता र गालीगलौजप्रति जनसम्पर्क समिति साउदी अरेबियाको गम्भीर आपत्ति
9
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

रियाद पुष १६ ।

नेपालमा हाल देखिएको राजनीतिक उतार–चढाव तथा सन् २०२५ को ‘जेन जी’ आन्दोलनपछिको परिस्थितिलाई ध्यानमा राख्दै नेपाली जनसम्पर्क समिति, साउदी अरेबियाले प्रवासमा फैलिँदै गएको राजनीतिक असहिष्णुता, अमर्यादित अभिव्यक्ति तथा गालीगलौजप्रति गम्भीर आपत्ति जनाएको छ।

समितिले जारी गरेको ध्यानाकर्षण वक्तव्यमा परिवर्तनको नाममा नेपालको लोकतन्त्र स्थापनामा ऐतिहासिक योगदान दिएका पुराना राजनीतिक दल तथा तिनका नेताहरूमाथि लक्षित अत्यन्त गैरजिम्मेवार र अपशब्दयुक्त अभिव्यक्तिहरू सामाजिक सञ्जालमार्फत् भइरहेको भन्दै चिन्ता व्यक्त गरिएको छ।

विशेषगरी साउदी अरेबियामा रहेका केही अराजक तत्वहरूबाट नेपाली कांग्रेस, नेपाली जनसम्पर्क समिति तथा यसका समर्थकहरूमाथि निरन्तर गालीगलौज भइरहेको, संयमता अपनाउन आग्रह गर्दा पनि बेवास्ता गरिएको समितिको आरोप छ। यस्ता गतिविधिले सामाजिक सद्भावमा नकारात्मक असर पारिरहेको भन्दै समितिले कडा आपत्ति जनाएको हो।

वक्तव्यमा साउदी अरेबियामा रहेका सम्पूर्ण नेपालीहरूको अभिभावकका रूपमा रहेको नेपाली राजदूतावास, रियादलाई समेत यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई संयमता अपनाउन सहयोग गर्न अनुरोध गरिएको छ। साथै, आगामी दिनमा यस्ता अपशब्द र अमर्यादित अभिव्यक्ति दोहोरिएमा त्यसबाट उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी सम्बन्धित व्यक्तिले नै लिनुपर्ने स्पष्ट चेतावनीसमेत दिइएको छ।

जनसम्पर्क समितिले प्रवासमा रहेका नेपालीहरूबीच अनावश्यक विवाद र राजनीतिक कलह न्यूनीकरण गर्दै समस्यामा परेका दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहयोग गर्नु सबैको साझा कर्तव्य भएको उल्लेख गरेको छ। गालीगलौजमा समय खेर फाल्नुभन्दा समाजहितकारी कार्यमा जुट्न र सकारात्मक सन्देश प्रवाह गर्न सम्पूर्ण नेपाली समुदायलाई हार्दिक अपील गरिएको छ।

समितिले सामूहिक प्रयास, सकारात्मक सोच र आपसी सम्मानबाट मात्रै नेपाललाई समृद्ध र महान् बनाउन सकिने विश्वास व्यक्त गर्दै आगामी दिनमा सबै पक्षबाट संयमित, जिम्मेवार र सहयोगात्मक व्यवहारको अपेक्षा गरेको छ।

नेपाली जनसम्पर्क समिति, साउदी अरेबिया मिति : २०२५ डिसेम्बर ३०

Previous Post

बुटवलमा सरकारी भवनको पहिलोपटक वास्तु परीक्षण, हाकिम सम्राटको निःशुल्क मार्गदर्शन

Next Post

रोश्नी कार्की र प्रजल दुलाल मुख्य भुमिकामा देखिने प्रेमकथा 'प्रार्थना' भोलि साँझ ४ बजे सार्वजनिक हुँदै

Next Post
रोश्नी कार्की र प्रजल दुलाल मुख्य भुमिकामा देखिने प्रेमकथा ‘प्रार्थना’ भोलि साँझ ४ बजे सार्वजनिक हुँदै

रोश्नी कार्की र प्रजल दुलाल मुख्य भुमिकामा देखिने प्रेमकथा 'प्रार्थना' भोलि साँझ ४ बजे सार्वजनिक हुँदै

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal