Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

साउदीबाट फर्किए सरोज, तर बाढीले बगाएका बुबा र सम्पर्कविहीन दाइको खोजी अझै अधुरो

अन्जान गुभाजु by अन्जान गुभाजु
१५ भाद्र २०८३, सोमबार १९:४९
in देश, प्रहरी-प्रशासन, संघ, समाचार, समाज, स्थानीय सरकार
0
साउदीबाट फर्किए सरोज, तर बाढीले बगाएका बुबा र सम्पर्कविहीन दाइको खोजी अझै अधुरो
14
SHARES
62
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नुवाकोटको विदुर–१०, भैँसेका सरोज तामाङ भदौ १० गते साउदी अरबको रियादमा ड्युटी जान तयारी गर्दै थिए।बरिस्ताको रूपमा कार्यरत उनी त्यही क्रममा सामाजिक सञ्जाल फेसबुक हेर्दा उनले त्रिशूली नदीमा आएको विनाशकारी बाढीको खबर देखे। खबरले उनको मनमा चिसो पस्यो। घरमा फोन गरे, तर सम्पर्क हुन सकेन।

केही समयपछि उनले आफ्नो घरसमेत बाढीले बगाएको खबर पाए। परिवारसँग सम्पर्क गर्ने निरन्तर प्रयास गरे पनि तत्काल कुनै जानकारी पाउन सकेनन्। अन्ततः भदौ १० गते बेलुकीतिर परिवारसँग सम्पर्क भयो। तर उनले सुनेको खबर झनै भयावह थियो।

बाढीले उनको घर बगाउनुका साथै ७५ वर्षीय बुबा रामबहादुरलाई समेत बगाएको परिवारबाट जानकारी पाए। उनका ठाइँला दाइ सन्जाले बुबालाई बाढीले बगाएको देखेको बताइएको छ। त्यस्तै, रसुवास्थित चिलिमे जलविद्युत् आयोजनामा काम गर्ने उनका ३२ वर्षीय साइँला दाइ सन्जय तामाङ पनि बाढी आएपछि सम्पर्कविहीन भएको खबर सरोजले पाए।

बेपत्ता बुबा राम बहादुर

एकैपटक घरबारविहीन हुनु, वृद्ध बुबालाई बाढीले बगाएको खबर सुन्नु र अर्का दाइको अवस्थासमेत अज्ञात हुनु—सरोजका लागि त्यो क्षण शब्दमा बयान गर्न नसकिने पीडाको क्षण बन्यो।

कम्पनीलाई जानकारी दिए, घर फर्किन पाए

परिवारको अवस्था थाहा पाएपछि सरोजले आफू कार्यरत कम्पनीलाई घटनाबारे जानकारी गराए। परिवारका सदस्य सम्पर्कविहीन भएको र घरसमेत बाढीले बगाएको जानकारी पाएपछि कम्पनीले उनलाई नेपाल फर्किन अनुमति दियो।

उनी भदौ १२ गते काठमाडौँ आइपुगे। नेपाल आएपछि उनले काठमाडौँका विभिन्न अस्पतालमा खोजी गरे। बाढी तथा बेपत्तासम्बन्धी सरकारले जारी गरेका सूचना पनि निरन्तर हेरे। तर अहिलेसम्म न बुबाको अवस्था पत्ता लागेको छ, न दाइ सन्जयको।

“बुबाको आशा मारेँ, दाइ सन्जयचाहिँ भेटिन्छन् कि भन्ने आशा अझै छ,’ सरोजले नेपाल ओके प्रतिनिधिसँग भने।

सम्पर्क बिहिन दाजु सन्जय

उनको आवाजमा थकान र निराशा प्रस्ट देखिन्थ्यो। आफ्नै आँखाअगाडि वर्षौँको घरबार गुमाउनु, बुबा र दाइको अवस्था थाहा नहुनु र परिवारका सदस्यहरू छरिएर अनिश्चित अवस्थामा बस्नुपर्ने बाध्यता उनका लागि अर्को पीडा बनेको छ।

‘सरकारले बेपत्ताको अवस्था छिटो पत्ता लगाइदिए हुन्थ्यो’

सरोजका अनुसार उनका परिवारका केही सदस्य काठमाडौँमा छन् भने केही गाउँमै छन्। बाढीका कारण घरबार गुमेको परिवार अहिले अत्यन्त कठिन अवस्थामा छ। छिमेकका कतिपय परिवारसँग सम्पर्क भए पनि आफूहरूको परिवारमा भने अझै दुई सदस्यको अवस्था अज्ञात रहेको उनले बताए।

सरोज तामाङ

“घरबार गुमाउनुको पीडा छँदैछ, त्यसमाथि आफ्नै बुबा र दाइ सम्पर्कविहीन हुँदा कस्तो पीडा हुन्छ भन्ने भोग्नेलाई मात्र थाहा हुन्छ,’ उनले भने, “म जस्तै बेपत्ता परिवारका सदस्यहरूलाई सरकारले छिटोभन्दा छिटो खोजी गरेर वास्तविक अवस्था जानकारी गराइदिए हुन्थ्यो।”

सरोज सोमबार नुवाकोटस्थित आफ्नो गाउँ जाने तयारीमा छन्। उनले मैथिलीस्थित ब्यारेक तथा उद्धार केन्द्रमा पुगेर बुबा र दाइको खोजी तथा उद्धारसम्बन्धी जानकारी लिने बताएका छन्।

उद्धारपछि पनि परिवारको प्रतीक्षा

त्रिशूली नदीमा आएको बाढीले नुवाकोटसहित आसपासका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। बाढीपछि उद्धार तथा खोजी कार्य जारी रहे पनि कतिपय परिवार अझै आफ्ना आफन्तको अवस्थाबारे अनभिज्ञ छन्।

सरोजको परिवारको पीडा यही अवस्थाको एउटा प्रतिनिधि उदाहरण हो। विदेशमा रहेका परिवारका सदस्यले सामाजिक सञ्जाल र टेलिफोनमार्फत विपत्तिको खबर पाउने, तर आफ्नै घरपरिवारको वास्तविक अवस्था थाहा पाउन नसक्ने परिस्थिति आफैँमा गम्भीर मानवीय संकट हो।

सरोज अहिले एउटा आशामा छन्—बुबालाई बाढीले बगाएको खबर सत्य हो कि होइन भन्ने यकिन होस् र कम्तीमा दाइ सन्जयको अवस्थाबारे भए पनि छिटो जानकारी प्राप्त होस्।

उनको आग्रह स्पष्ट छ—बाढी तथा पहिरोमा बेपत्ता भएका नागरिकका परिवारलाई सरकारी संयन्त्रले तत्काल सम्पर्कमा ल्याओस्, बेपत्ताको खोजी तीव्र बनाओस् र उद्धार तथा खोजीको प्रगतिबारे परिवारलाई नियमित जानकारी दिइयोस्।

“हामीलाई धेरै कुरा चाहिँदैन, आफ्ना मान्छेको अवस्था के छ भन्ने सत्य जानकारी मात्र चाहिएको हो,” सरोजले भने।

Previous Post

बाढी–पहिरो पीडितका लागि साउदीको AL-IMAN कम्पनीद्वारा १० हजार रियाल सहयोग

Next Post

मानसरोवर यात्राका क्रममा डा. आयुष अधिकारी बेपत्ता, खोजीका लागि सहयोग गर्न ग्रान्डे अस्पतालको अपिल

Next Post
मानसरोवर यात्राका क्रममा डा. आयुष अधिकारी बेपत्ता, खोजीका लागि सहयोग गर्न ग्रान्डे अस्पतालको अपिल

मानसरोवर यात्राका क्रममा डा. आयुष अधिकारी बेपत्ता, खोजीका लागि सहयोग गर्न ग्रान्डे अस्पतालको अपिल

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal