काठमाडौं । ग्रान्डे इन्टरनेसनल हस्पिटलमा कार्यरत चिकित्सक डा. आयुष अधिकारी मानसरोवर यात्राका क्रममा बेपत्ता भएपछि अस्पतालले उहाँको अवस्थिति पत्ता लगाउन सहयोग गरिदिन अपिल गरेको छ।
नेपालमा हालै भएको दुःखद घटनापछि मानसरोवर यात्राका क्रममा डा. अधिकारी सम्पर्कविहीन भएको भन्दै अस्पतालले गहिरो चिन्ता व्यक्त गरेको हो। उहाँको अवस्थिति वा सम्बन्धित कुनै जानकारी प्राप्त भएका व्यक्ति तथा यात्रामा सहभागी अन्य व्यक्तिहरूलाई तत्काल अस्पतालमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

अस्पतालले डा. आयुष अधिकारीको खोजीमा सहयोग पुग्ने कुनै पनि सूचना भएमा GIH हेल्पलाइन ९८०१२०२५५० मा सम्पर्क गर्न आग्रह गरेको छ।
ग्रान्डे इन्टरनेसनल हस्पिटलले डा. आयुष अधिकारी, उहाँको परिवार तथा यस घटनाबाट प्रभावित सबैप्रति साथ, सहानुभूति र प्रार्थना व्यक्त गरेको छ। ????
???? सम्पर्क: ९८०१२०२५५०


>









Discussion about this post