कोहलपुर, जेठ १६ –
बाँके जिल्लाको कोहलपुर नगरपालिका–१२ स्थित दाउनाचोक नजिकको दलित सामुदायिक वन क्षेत्रको पछाडि साइडमा एक अज्ञात पुरुष मृत अवस्थामा फेला परेका छन्।
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार, मिति २०८२ साल जेठ १६ गते दिउँसो करिब २:१० बजे सो स्थानमा अन्दाजी ५० देखि ५५ वर्ष उमेरका एक पुरुष मृत अवस्थामा फेला परेका हुन्। मृतकको हालसम्म नाम, ठेगाना खुलेको छैन।

प्रहरीले दिएको जानकारीअनुसार, मृतकले खरानी र कालो रंगको टी–सर्ट, कालो कटाराइज पाइन्ट, खैरो रंगको अण्डरवेयर (पेन्टी) र ‘HATHI’ लेखिएको भुवा भएको कालो चप्पल लगाएका थिए। शव फेला परेको स्थान नजिकै खैरो रंगको पी–क्यापसमेत फेला परेको छ। मृतक पहाडी मुलुकको जस्तो देखिने व्यक्तित्वका छन्।

प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको छ भने मृतकको पहिचान खुलाउन सक्ने व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेमा सम्पर्क राख्न अनुरोध गरिएको छ।
???? सूचना दिनुहोस्:
इलाका प्रहरी कार्यालय, कोहलपुर, बाँके
????9858090212 Dial 100


Discussion about this post