रियाद, २९ मे २०२५ — नेपाली राजदूतावास, रियादले ४९५६ वटा नयाँ राहदानीहरू प्राप्त भएको जानकारी दिएको छ। राहदानी नवीकरणका लागि १३ मे २०२५ सम्म आवेदन दिएका आवेदकहरूमध्ये नाम समावेश भएकाहरूको राहदानी तयार भई राजदूतावासमा आइपुगेको जनाइएको छ।
राजदूतावासले दुईवटा लिंकमार्फत राहदानी तयार भएका व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ:
https://shorturl.at/EgfIK (पुराना पेन्डिङ)
सूचीकृत आवेदकहरूलाई आफ्नो पुरानो राहदानी र राजस्व तिरेको सक्कल रसिद सहित राजदूतावासमा यथाशीघ्र सम्पर्क गर्न अनुरोध गरिएको छ।
यसैबीच, पूर्वी क्षेत्र विशेषगरी दमाम राख्ने राहदानी बुझ्नेहरूका लागि विशेष वितरण कार्यक्रम ३० मे २०२५ शुक्रबार का दिन Durrat Al Faisaliah Rest House, Al Faisaliah, Dammam मा आयोजना गरिनेछ। वितरण समय बिहान ८:०० देखि ११:०० बजेसम्म हुनेछ।
राजदूतावासले यसअघि प्रकाशित सूचीहरूमा नाम आइसकेको तर अझै राहदानी नबुझेकाहरूलाई पनि यही कार्यक्रममार्फत राहदानी बुझ्न सकिने जनाएको छ।
राहदानी बुझ्न आवेदक स्वयं उपस्थित हुनुपर्नेछ भने कम्पनीमार्फत राहदानी लिनुपर्ने खण्डमा आधिकारिक पत्रको आधारमा सो व्यक्ति (अकामा हेरी) लाई राहदानी प्रदान गरिनेछ।

>










Discussion about this post