प्रवास समाचार | रियाद
रियाद, साउदी अरेबिया — मोरङ र सुनसरी जिल्लावासीहरूको साझा संस्था मोरङसुनसरी सेवा समाज साउदी अरेबिया ले आफ्नो चौथो साधारणसभा – २०२६ आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी १ मे २०२६ (शुक्रबार) का दिन दिउँसो ठीक १ बजे रियादको अलमास फेमेली रेस्टुरेन्ट, मलाज मा सम्पन्न हुने जनाइएको छ।
“मोरङसुनसरीको चाहना, सभ्य र समृद्ध समाजको स्थापना” भन्ने मूल नारासहित सन् २००१ मा स्थापना भएको यस संस्थाले सामाजिक तथा मानवीय अभियान, सामाजिक उद्यमशीलता, व्यक्तित्व विकास र युवा सशक्तीकरणका क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको छ। नेपाल तथा विदेशका विभिन्न मुलुकहरूमा विस्तार भइसकेको यस संस्थाको साउदी अरेबिया शाखा सातौं प्रवास शाखाका रूपमा सक्रिय रहेको छ।

संस्थाका अध्यक्ष दिपक थापा का अनुसार, प्रवासमा रहेका मोरङ र सुनसरीवासीहरूलाई एकीकृत गर्दै सामाजिक तथा आर्थिक विकासमा सहभागी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। उनले साउदी अरेबियामा रहेका सम्पूर्ण मोरङसुनसरीवासीहरूको निरन्तर सहयोग, सद्भाव र सक्रिय सहभागिताको अपेक्षा व्यक्त गरेका छन्।
फेसबुक लिन्क तल्ल छ
https://www.facebook.com/share/r/1AxNno3BzA/
उक्त कार्यक्रममा नेपाली राजदूतावास रियाद परिवार, गैरआवासीय नेपाली संघ का पदाधिकारी, विभिन्न सामाजिक संघसंस्था, जनजाति संगठनका प्रतिनिधि, सामाजिक अभियन्ता, उद्यमी तथा व्यवसायी, साथै स्थानीय एवं राष्ट्रिय सञ्चारकर्मीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
संस्थाले सबै सरोकारवालाहरूलाई उपस्थित भई कार्यक्रमको शोभा बढाउन हार्दिक निमन्त्रणासमेत दिएको छ। आयोजकका अनुसार, सहभागीहरूको गरिमामय उपस्थितिले प्रवासमा आइपर्ने विभिन्न समस्याहरू समाधान गर्न संस्थागत सहकार्यलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ।
— Lal Entertainment / Nepal OK TV ????

>










Discussion about this post