साउदी अरबको रियादमा मोरङ–सुनसरी सेवा समाज, साउदी अरबको चौथो साधारण सभा २०२६ सम्पन्न भएको छ। सभाले सन् २०२६–२०२८ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ।
श्री नागेश तामाङ अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। नवनिर्वाचित अध्यक्ष तामाङलाई हार्दिक बधाई ज्ञापन गर्दै उहाँको कार्यकाल सफल, प्रभावकारी र उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गरिएको छ। साथै, नवगठित सम्पूर्ण कार्यसमितिलाई पनि बधाई दिँदै संस्थाको उन्नति, आपसी एकता तथा सामाजिक सेवाका क्षेत्रमा अझ उत्कृष्ट योगदान पुर्याउने अपेक्षा गरिएको छ।

नयाँ कार्यसमितिमा उपाध्यक्षमा कल्पना बस्नेत पोखरेल, खेमराज कार्की र सन्दिप कार्की चयन हुनुभएको छ भने सचिवमा देबेन्द्र विश्वकर्मा चयन हुनुभएको छ। सह–सचिवमा विष्णु पौडेल र जयन्ती लिम्बु रहनुभएको छ।
यसैगरी, कोषाध्यक्षमा निम प्रसाद अधिकारी तथा सह–कोषाध्यक्षमा राज बोगटी र शेखराज अधिकारी चयन हुनुभएको छ। युवा संयोजकमा पूर्ण तामाङ र महिला संयोजकमा शर्मिला मगर लिम्बु चयन हुनुभएको छ।

सदस्यहरूमा अमर कार्की, पृथ्वी लिम्बु, राजन प्रसाद आचार्य, युवराज निरौला, निरेश केशर, भिम प्रसाद सुवेदी र भिम लिम्बु रहनुभएको छ।
सल्लाहकार समितिको प्रमुख सल्लाहकारमा दीपक थापा रहनुभएको छ भने अन्य सल्लाहकारहरूमा रेबिना अर्याल, राज चेम्जोङ लिम्बु, कमल महतो, रोशन कुमार श्रेष्ठ, नवीन मुडभरी, राजेन्द्र लिम्बु, गोपाल बस्नेत, मनिष कोईराला, अमर श्रेष्ठ र राजकुमार राई रहनुभएको छ।
अध्यक्ष परिषद संयोजकमा नागेश तामाङ रहनुभएको छ भने सदस्यहरूमा दीपक थापा, सुजन लिम्बु र हेम सुवेदी रहनुभएको छ।
समाजले प्रवासमा रहेका मोरङ–सुनसरीवासी नेपालीहरूको एकता, सहकार्य र सामाजिक सेवामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। नवगठित नेतृत्वले यस परम्परालाई थप सुदृढ बनाउँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने विश्वास व्यक्त गरिएको छ।

नेपाल ओके टिभीका लागि, रियादबाट रिपोर्ट।

>










Discussion about this post