Date
सोम, साउन ४, २०८३
Mon, July 20, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

इटहरीमा एकदिने विपद जोखिम न्यूनीकरण सचेतना कार्यक्रम सम्पन्न

रबिन राउत by रबिन राउत
१६ चैत्र २०७८, बुधबार २३:३१
in प्रदेश नं १, समाचार
0
इटहरीमा एकदिने विपद जोखिम न्यूनीकरण सचेतना कार्यक्रम  सम्पन्न
13
SHARES
58
VIEWS
Share on FacebookShare on Twitter

मानिसको दैनिक जीवनमा आइपर्ने विपद एवं प्रकोप र त्यसबाट जोगिने उपाय बारे विधार्थीहरुलाई जानकारी दिंदै एकदिने विपद जोखिम न्यूनीकरण सम्बन्धि एकदिने सचेतना कार्यक्रम संचालन सम्पन्न भएको छ । इटहरी-६ स्थित मोडर्न प्रिपेरेटोरी सेकेण्डरी बोर्डिंङ्ग स्कुलमा रहेको मोडर्न बाल क्लबको आयोजनामा विद्यालयमा अधययनरत एकसय जना भन्दा बढि विद्यार्थीहरुलाई प्रकोप एवम् विपदबाट जोगिने उपायहरुबारे जानकारी गराईएको हो । सशस्त्र प्रहरी बल नम्बर १, बराह बाहिनी पकलीले सहजीकरण गरेको उक्त कार्यक्रममा सशस्त्र प्रहरीबलका प्रदेश स्तरीय विपद व्यवस्थापन टिमका कमान्डर डिएसपी विरेन्द्र खनालले प्राकृतिक एवम् मानिवय कमजोरीका कारणले आइपर्ने विपद एवं प्रकोपबाट जोगिने उपाय बारे स्कुले विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए ।

कुनैपनि प्रकोप वा विपदले पूर्व सूचना दिएर नआउने बताउँदै आईपर्ने दुर्घटनाबाट बच्न विपद व्यवस्थापन र क्षति न्यूनीकरण बारेको चेतना र पूर्व तयारी अत्यावश्यक रहेको बताए । डिएसपी खनालले भने, ‘विपदबाट बच्न पहिलो कुरा समुदायको चेतनाको स्तर बढाउँनु पर्छ । अर्को कुरा, सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्व तयारी गर्नुपर्छ । त्यसकालागि विद्यालय स्तरबाटै विद्यार्थीहरुलाई जोखिम न्यूनीकरणका उपाय सिकाउँन सके समुदाय स्तरमा जोखिम न्यूनीकरणमा सहयोग पुग्छ ।’ विगतमा चीन र हाईटीमा गएको भूकम्पमा भएको मानवीय र भौतिक क्षतिको तुलना गर्दै विपद व्यवस्थापनका विज्ञ डिएसपी खनालले पूर्व तयारी र विपद सम्बन्धि चेतना भएकाले चीनमा मानवीय र भौतिक क्षति तुलनात्मक रुपमा कम भएको बताए । भूकम्प, बाढी, आगलागीको जोखिम हामीकहाँ उच्च रहेको बताउँदै उनले भने, ‘पूर्व तयारीको अभाव र समुदाय स्तरमा चेतनाको कमिले हईटीमा मानवीय र भौतिक क्षति बढी भयो ।

हामीले पनि तयारी र चेतना बृद्दी गराउन सकेनौं भने ठुलो क्षति बेहोर्नुपर्ने अवस्था छ ।’ त्यसैगरी, विद्यालय संचालक समितिका अध्यक्ष संजीव वाग्लेले यस्ता सचेतनामुलक प्रशिक्षणले कार्यक्रमले विद्यार्थीलाई पाठ्यपुस्तकमा पढ्नुपर्ने विपद सम्बन्धि विषयहरुमा अझ जागरुक र सचेत बनाउँने बताउँदै समाजमा आइपर्ने विभिन्न प्रकोप एवम् विपद व्यवस्थापन, न्यूनीकरणमा योगदान गर्ने बताए । समाज जोखिम न्यूनीकरणमा जति सचेत हुन्छ प्रकोपबाट हुने क्षति त्यतिनै कम हुने बताउँदै वाग्ले भने, ‘विपद न्यूनीकरणको लागि विपद व्यवस्थापन संबन्धि चेतनाले धेरै महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । त्यसका लागि किशोर किशोरी अवस्था बाटै दिईने यस्ता प्रशिक्षणहरुले समाजमा आइपर्ने विपदको सम्भावित जोखिम कम गर्न मद्दत गर्छ ।’ बुधवार ‘मोर्डन बाल क्लब’को आयोजनामा भएको कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक भीम बहादुर श्रेष्ठले कार्यक्रममा सहभागी हाम्रा बालबालिकाले विपदबाट जोगिने विषयमा राम्रो जानकारी पाएको बताउँदै यस्ता कार्यक्रमले भोलिहुने सम्भावित क्षति न्यूनीकरणका लागि चेतनशील समाज निर्माणमा समेत महत्त्वपूर्ण योगदान हुने बताए ।

Previous Post

कर्माको ‘षट्कोण’ वैशाख २३ मा

Next Post

बहराइनमा छायांकन भएको दुखायौ तिमिले गीत सार्वजनिक

Next Post
बहराइनमा छायांकन भएको दुखायौ तिमिले गीत सार्वजनिक

बहराइनमा छायांकन भएको दुखायौ तिमिले गीत सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal