रियाद, साउदी अरेबिया । साउदी अरेबियामा कार्यरत नेपाली श्रमिकका समस्या, सवाल तथा समाधानका विषयमा छलफल गर्न नेपाली राजदूतावास, रियादले आगामी अक्टोबर २ तारिख शुक्रबार बिहान ११ बजे श्रमिक विशेष छलफल कार्यक्रम आयोजना गर्ने भएको छ।
श्रमिकका समसामयिक समस्या, कार्यस्थलमा देखिएका चुनौती, सेवा–सुविधा तथा समस्या समाधानका उपायबारे सम्बन्धित पक्षसँग प्रत्यक्ष छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको दूतावासले जनाएको छ |
कार्यक्रममा साउदी अरेबियामा कार्यरत नेपाली श्रमिक, समुदायका प्रतिनिधि तथा सम्बन्धित व्यक्तित्वहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
दूतावासले समय अनुकूल हुने नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई कार्यक्रममा उपस्थित भई आफ्ना महत्वपूर्ण सुझाव, विचार तथा अनुभव प्रस्तुत गर्न आग्रह गरेको छ।
कार्यक्रममा प्राप्त सुझाव तथा श्रमिकका वास्तविक समस्यालाई सम्बन्धित निकायसँगको समन्वयमा सम्बोधन गर्ने विषयमा समेत छलफल हुने जनाइएको छ।
</>









Discussion about this post