...
Sunday, October 25, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result
</>

पर्वत समाज साउदी अरबको तदर्थ समिति गठन ,संयोजकमा सापकोटा

अन्जान गुभाजु by अन्जान गुभाजु
September 29, 2026
in प्रवास, समाचार, समाज
0
पर्वत समाज साउदी अरबको तदर्थ समिति गठन ,संयोजकमा सापकोटा
10
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter

रियाद, साउदी अरब । साउदी अरबमा रहेका पर्वतवासी नेपालीहरूलाई एकताबद्ध गर्दै आपसी सहयोग, सद्भाव, सामाजिक सहकार्य तथा कल्याणकारी गतिविधिलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यले पर्वत समाज साउदी अरबको तदर्थ समिति गठन गरिएको छ।

२५ सेप्टेम्बर २०२६ मा जुममार्फत सम्पन्न प्रारम्भिक भर्चुअल बैठकले बासुदेव सापकोटाको संयोजकत्वमा तदर्थ समिति गठन गरेको हो। दीपक शर्माको अध्यक्षतामा तथा बासुदेव सापकोटाको सञ्चालनमा सम्पन्न बैठकमा ग्लोबल पर्वत समाजका अध्यक्ष दधि आचार्य प्रमुख अतिथि, महासचिव कमल लामिछाने विशिष्ट अतिथि तथा मध्यपूर्व संयोजक रघुनाथ शर्मा विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

बैठकले साउदी अरबका विभिन्न शहर तथा क्षेत्रमा रहेका पर्वतवासीबीच परिचय, सम्पर्क, सहयोग र एकतालाई थप सुदृढ गर्दै सबैलाई एउटै सामाजिक चौतारीमा जोड्ने निर्णय गरेको छ। समाजलाई समावेशी, पारदर्शी, अनुशासित, गैरराजनीतिक तथा सामाजिक सेवामुखी संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

नवगठित तदर्थ समितिको महासचिवमा ओम प्रकाश काफ्ले, सचिवमा बसन्त रिजाल, कोषाध्यक्षमा नारायण प्रसाद भुसाल, सह–कोषाध्यक्षमा विष्णु प्रसाद श्रेष्ठ तथा सदस्यहरूमा प्रेम खनाल, टंक प्रसाद काफ्ले, सुरज तिवारी, अमृत सेवा, गोकुल जीसी, शिव भुसाल, धनन्जय, विश्व बेग र विवेक कार्की चयन हुनुभएको छ। समितिलाई थप समावेशी बनाउन आवश्यकताअनुसार एक जना सह–संयोजक र पाँच जना सदस्य मनोनयन गर्न सकिने व्यवस्था गरिएको जनाइएको छ।

समाजले साउदी अरबका विभिन्न शहर, क्षेत्र तथा कार्यस्थलमा रहेका पर्वतवासीको खोजी तथा सम्पर्क विस्तार गरी व्यापक सदस्यता अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। प्रारम्भिक अभियानदेखि नै जोडिएका पर्वतवासीलाई संस्थापक सदस्यका रूपमा सम्मान गर्ने निर्णयसमेत गरिएको छ।

त्यस्तै, समाजको संस्थागत संरचनालाई व्यवस्थित र दीर्घकालीन बनाउन आगामी महाधिवेशनको तयारीलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय बैठकले गरेको छ। आगामी दिनमा सामाजिक, मानवीय तथा कल्याणकारी गतिविधिका साथै पर्वतको कला, संस्कृति, पहिचान र पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्य समाजले लिएको छ।

बैठकमा प्रमुख अतिथि दधि आचार्य, विशिष्ट अतिथि कमल लामिछाने र विशेष अतिथि रघुनाथ शर्माले नवगठित समितिलाई शुभकामना दिँदै पर्वतवासीबीचको एकता, सद्भाव र सहकार्यलाई थप मजबुत बनाउन सुझाव दिनुभएको थियो। नवगठित तदर्थ समितिले साउदी अरबमा रहेका सम्पूर्ण पर्वतवासीलाई समाजको अभियानमा सहभागी हुन आह्वान गरेको छ।

Previous Post

नेपाली श्रमिकका समस्या समाधानका लागि दूतावासले आयोजना गर्दै विशेष छलफल

Next Post

घाइते कृष्ण दासको उपचारमा हेल्प मधेशीको सहयोग

Next Post
घाइते कृष्ण दासको उपचारमा हेल्प मधेशीको सहयोग

घाइते कृष्ण दासको उपचारमा हेल्प मधेशीको सहयोग

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal