Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

कलकार र निर्माता भन्छन ‘द ब्ल्यु लाइट’ ले पीडादायी र कहालीलाग्दो जीवन को कथा भन्छ

रबिन राउत by रबिन राउत
१५ माघ २०८२, बुधबार १९:१३
in प्रदेश नं १, मनोञ्जन
0
कलकार र निर्माता  भन्छन  ‘द ब्ल्यु लाइट’  ले पीडादायी र कहालीलाग्दो जीवन को कथा भन्छ
4
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

प्रदर्शन मिति नजिकिँदै गर्दा “द ब्ल्यु लाइट” फिल्मको प्रचार टोलीले इटहरीमा फिल्मी पत्रकारहरुसँग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार इटहरी अवस्थित परिकला न्यूजको कार्यालयमा आयोजित पत्रकार भेटघाटमा बोल्दै फिल्मका सहायक निर्माता भोलानाथ कटुवालले फिल्मको कथासार प्रस्ट्याए । उनले भने, “हाम्रो समाजमा श्रीमान्-श्रीमतीको झगडा सामान्य मानिन्छ, तर त्यसले साना बालबालिकालाई कतिसम्म मानसिक रूपमा विक्षिप्त बनाउँछ भन्ने पाटोलाई हामीले बेवास्ता गरिरहेका हुन्छौं ।

आमाबाबुको माया नपाएकी एउटी बालिकाको त्यही पीडादायी र कहालीलाग्दो जीवनलाई ‘द ब्ल्यु लाइट’ ले मुख्य विषय बनाएको छ ।” जब घरभित्रको वातावरण अशान्त हुन्छ, त्यसको सबैभन्दा गहिरो र अदृश्य चोट बालबालिकाको मस्तिष्कमा पर्छ । यही तीतो सामाजिक यथार्थ र मानिसको मनभित्र गुम्सिएका भ्रमहरूको कथा बोकेर फिल्म ‘द ब्ल्यु लाइट’ दर्शक माझ आउने अन्तिम तयारीमा छ । शहीद दिवसको अवसर पारेर यही माघ १६ गते शुक्रबारदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको यो फिल्मले दर्शकलाई हलबाट निस्किएपछि पनि सोच्न बाध्य बनाउने निर्माण पक्षको दाबी छ । काठमाडौं आसपास छायांकन गरिएको यो फिल्म पारिवारिक सम्बन्ध, बाल मनोविज्ञान र सामाजिक यथार्थको ऐना भएको सहायक निर्माता कटुवालले बताए । फिल्ममा बाल कलाकारको भूमिका निकै चुनौतीपूर्ण छ । पत्रकार सम्मेलनमा उपस्थित बाल कलाकार गृष्मा कटुवालले पनि आफ्नो अनुभव सुनाईन् । वास्तविक जीवनमा बुबाआमाको काखमा रमाइरहेकी गृष्मालाई फिल्मको ‘दुःखी र एक्लो’ पात्रमा ढल्न सहज थिएन । 

उनले भनिन्, “म घरमा सबैको माया पाएर हुर्किएकी छु । त्यसैले फिल्मको त्यो पीडादायी भूमिका मेरा लागि निकै गाह्रो थियो । तर, कथाको गहिराइ बुझेर र यस्तै भावनात्मक फिल्महरू हेरेर मैले आफ्नो भूमिकालाई न्याय गर्ने कोसिस गरेकी छु । मेरो रियल पारिवारिक कथा र फिल्ममा मेरो पारिवारिक कथा भने मिल्दोजुल्दो छैन ।” गृष्माकाे यो दोश्रो फिल्म हो । यसअघी उनले बलिदान फिल्ममा अभिनय गरेकी थिइन् । इटहरीमा आयोजना भएको मिस्टर एण्ड मिस लिटिल पुर्बेलीको पहिलो संस्करणमा प्रतिष्पर्धी हुँदै गर्दा उनले बलिदानमा अभिनय गर्ने अवसर पाएकी थिइन् ।

अडिसनमार्फत बलिदानमा छानिएकी उनले आफ्नो सपनाको बाटो तय गरेकी हुन । पत्रकार सम्मेलनमा गृष्माले आफ्नो सपना अभिनेत्री बन्ने रहेको सुनाईन् । फिल्ममा उनीसँगै अर्की बाल कलाकार सहारा शर्माको पनि अभिनय छ । सार्वजनिक पोस्टर र ट्रेलरले धेरैलाई यो ‘हरर’ फिल्म हो कि भन्ने भ्रममा पारेको छ । स्काइफल पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्ममा बेनिशा हमाल र अर्पण थापा मुख्य भूमिकामा छन् । यी दुई पात्रमार्फत प्रेम, धोका र बदलाको कथा भनिएको छ । फिल्ममा आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी जस्ता कलाकारहरूको दमदार उपस्थिति छ । फिल्मको कार्यकारी निर्मातामा अभिनेत्री बेनिशा हमाल स्वयं र चर्चित छायाकार नरेन्द्र मैनाली रहेका छन् भने सहायक निर्मातामा भोलानाथ कटुवाल र रमन ग्रे छन् । आकाश उखेडाको मुख्य सहायक निर्देशन, रेलिजा श्रेष्ठको प्रोडक्सन डिजाइन र दिलीप पन्तको निर्माण नियन्त्रण रहेको यो फिल्मले नेपाली दर्शकलाई निराश नबनाउने विश्वास लिइएको छ ।

Previous Post

नेपाल–साउदीबीच साधारण श्रमिक भर्तीसम्बन्धी ऐतिहासिक श्रम सम्झौतामा हस्ताक्षर

Next Post

माघ १३ को छलफल: नेपाल–साउदी श्रम सम्झौता र श्रमिक अधिकारबारे रास्वपा प्रवास विभागको ध्यानाकर्षण

Next Post
माघ १३ को छलफल: नेपाल–साउदी श्रम सम्झौता र श्रमिक अधिकारबारे रास्वपा प्रवास विभागको ध्यानाकर्षण

माघ १३ को छलफल: नेपाल–साउदी श्रम सम्झौता र श्रमिक अधिकारबारे रास्वपा प्रवास विभागको ध्यानाकर्षण

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal