Date
सोम, जेष्ठ २५, २०८३
Mon, June 8, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

रिक्सा चालकलाई ‘धुलो’ को सम्मान, ज्याकेट र छात्रबृत्ति

रबिन राउत by रबिन राउत
१५ फाल्गुन २०७६, बिहीबार १३:१०
in प्रदेश नं ३, मनोञ्जन
0
रिक्सा चालकलाई ‘धुलो’ को सम्मान, ज्याकेट र छात्रबृत्ति
7
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं,१४ फागुन ।
शुक्रबार अर्थात् १६ फागुनमा प्रदर्शन हुन लागेको ‘धुलो’ फिल्मले प्रचारप्रशारलाई निकै तीव्रता दिएको छ । ‘धुलो’ निर्माण पक्षले बुधबार राजधानीको क्षेत्रपाटीस्थित पब्लिक युथ क्याम्पसमा एक कार्यक्रम गरि लामो समयदेखि रिक्सा चलाएर जीवनयापन गर्दै आएका दुईजना रिक्सा चालकलाई सम्मानपत्रसहित सम्मान गर्यो ।


सम्मानीत हुनेमा बिगत चार दशकदेखि ठमेल, क्षेत्रपाटी एरियामा रिक्सा चलाउदै आएका हिरालाल तामाङ र दुई दशकदेखि सोही स्थानमा रिक्सा चलाउदै आएका बलबहादुर श्रेष्ठ छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अथिति बरिष्ट चलचित्रकर्मी नीर शाह, बिशिष्ट अथिति नेपाल टेलिभिजनका महाप्रबन्धक गोबिन्द रोक्का र निर्देशक प्रद्युम्न मिश्रले सम्मान गरेका थिए ।

करिब एक सय जना रिक्सा चालकलाई ‘धुलो’ अंकीत ज्याकेट प्रदान गरिएको कार्यक्रममा फिल्मका तर्फबाट नागार्जुन एकेडेमीमा आगामी शैक्षिक सत्रदेखि रिक्सा मज्दुरका दुई जना छोराछोरीलाई छात्रबृत्तिको ब्यबस्था मिलाइएको घोषणा गरियो ।कार्यक्रममा ‘धुलो’ ले गरेको समाजीक कार्यको चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षासिंह राणालगायतका अथितिले प्रसंसा गरेका थिए ।

कार्यक्रमपछि ‘धुलो’मा बिशेष भूमिकामा रहेका अभिनेता शाह, प्रमुख भूमिकामा अभिनीत बुद्धि तामाङ,निर्देशक मिश्र,चलचित्र निर्माता संघका अध्यक्ष अधिकारी, निर्देशक समाजकी अध्यक्ष राणालगायत फिल्मको युनीटले रिक्सामा क्षेत्रपाटी परिक्रमा गरेको थियो । राजधानीमा रिक्सा तथा ठेला गाडा चलाएर जीवनयापन गर्ने मज्दुरको वास्तबिक कथामा फिल्म निर्माण गरेकाले उनीहरुकै सम्मानमा कार्यक्रम आयोजना गरेको निर्देशक मिश्रले बताए ।

कार्यक्रममा बोल्दै अभिनेता शाहले ‘धुलो’ ले मज्दुर र मज्दुरीको सम्मान गरेकोमा खुशी ब्यक्त गरे । त्यसैगरी, चलचित्र निर्माता संघका अध्यक्ष अधिकारीले ‘धुलो’ यथार्थपरक कथामा निर्माण गरिएकाले हरेक मान्छेको मन छुने बिश्वास ब्यक्त गरे । अभिनेता तामाङले आफू‘धुलो’ मा बास्तविक जीवनहरुसँग नजिक रहेको पात्रमा प्रस्तुत भएको बताउदै दर्शकको प्रिय बन्ने आशा ब्यक्त गरे ।


दीपा धरेलको प्रस्तुति रहेको फिल्ममा बुद्धि तामाङ,अग्रज केसी,सृजना सुब्बा, प्रद्युम्न मिश्र,दामोदर गजुरेल,अमृता पाण्डे, बालकलाकार सुदीप कार्कीलगायतका कलाकार मुख्य र नीर शाह, सुसील पोखरेल तथा लक्ष्मी बर्देवा बिशेष भूमिकामा छन ।लक्ष्मी गौतम र नानीराम फुँयाल निर्माता रहेको फिल्मको प्रोजेक्ट एडभाइजरमा सिके वाग्ले छन् । केशब मिश्र र दीपक समीरको गीत,शंकर थापा र जुगल डंगोलको संगीत, रबिन आचार्यको छायांकन रहेको फिल्म १६ फागुनमा एकल प्रदर्शनमा उत्रदैछ ।

Previous Post

“नेपालगन्ज स्पिच कम्पिटिसन २०२०“को उपाधि ज्ञानोदय नमुनाका दिपशिखालाई

Next Post

चर्चित गायक स्वरुपराजको 'झल्को' सार्वजनिक [भिडियो ]

Next Post
चर्चित गायक स्वरुपराजको ‘झल्को’ सार्वजनिक [भिडियो ]

चर्चित गायक स्वरुपराजको 'झल्को' सार्वजनिक [भिडियो ]

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal