Date
शुक्र, अशोज ३१, २०८२
Fri, October 17, 2025
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

विभेद र कलंक बिरुद्ध नारा अंगाल्दै बायोइथिक्स दिवस सम्पन्न

Nepalok by Nepalok
१० कार्तिक २०८१, शनिबार १६:४८
in प्रदेश नं १, समाचार
0
विभेद र कलंक बिरुद्ध नारा अंगाल्दै बायोइथिक्स दिवस सम्पन्न
3
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

धरान। विभेद र कलंक बिरुद्ध नारा अंगाल्दै विगत २ महिनादेखि विविध प्रतियोगितात्मक कार्यक्रम गरी सन् २०२४ अक्टोवर १९ को बायो–इथिक्स दिवस मनाइएको छ। मानव जीवन, समाज र चिकित्सा सेवा, शिक्षा, शोध लगायतका क्षेत्रमा ब्याप्त भेदभाव र धब्बा बारे सजग र सचेत भएर यस्ता असंगत कुराहरु कम गर्न र हटाउन सकिन्छ भन्ने आशा सहित यो वर्षको बायोइथिक्स दिवस मनाइएको हो । बायो–इथिक्स नेपाल एकाईबाट आयोजित विविध कार्यक्रमहरुमा नेपालका विभिन्न मेडिकल कलेजहरुबाट सहभागिता भएको हो । यस वर्षका विभिन्न चेतनामूलक कायक्रमहरुको आज अक्टोवर २५ का दिन वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समापन भएको हो ।

नेपाल एकाईका प्रमुख तथा नेपालका लागि यस कार्यक्रमका संयोजक प्रा.डा.धनरत्न शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रम विद्यार्थी संकायका सदस्य द्वय मानश्वी आचार्य र रजनी नेउपानेले सञ्चालन गरेका हुन् । मूल टिप्पणीमा नेपाल एकाईका प्रमुख प्रा.डा. धनरत्न शाक्यले एकाई र यस सिद्धान्तबारे परिचयात्मक मन्तव्य राख्दै बायोइथिक्सको यो महत्वपूर्ण सिद्धान्त यस वर्षको नाराले हाम्रो जस्तो विभेद र असमान व्यवहार व्याप्त समाजमा विशेष अर्थ राख्ने तथा समाज र राज्यस्तरमै नितिगत र ब्यावहारिक परिवर्तनका लागि आधार हुने धारणा राख्नुभयो । नेपाल एकाईका सदस्य डा.अशोक ऐर्को विविध नीतिगत सिद्धान्त सहित यस वर्षको नाराबारे प्रस्तूति थियो भने विद्यार्थी संकायकी अक्षता वस्तीले यस वर्षको नाराबारे सेमिनार प्रस्तूति राखिन् । कार्यक्रममा निर्णायक मण्डलबाट प्रा.डा. रिता खड्का तथा विद्यार्थी संकायका हेड प्रशान्त सापकोटाको पनि मन्तब्य रहेको थियो ।

यस वर्ष सम्पन्न वैज्ञानिक लेखमा वि.पि.को.स्वा.वि.प्र. की रिचा कोइराला, फोटोग्राफी प्रतियोगितामा पाटन एकेडेमीकी काजल यादवस कवितामा जानकी मेडिकल कलेजकी उजमा हुस्सेन, आर्ट पोस्टरमा पुपिल डेन्टल कलेजकी सची पोखरेल र छोटो मूभिमा बिराट मेडिकल कलेजकी लक्ष्मी रौनियारको समूह राष्ट्रिय छनौटबाट यस वर्षको अन्तर्राष्ट्रिय प्रतियोगितामा पठाइएको हो ।

कार्यक्रमका संयोजक नेपाल एकाई तथा प्रतिष्ठानको मानसिकरोग विभाग प्रमुख प्रा.डा. धनरत्न शाक्यले बायोइथिक्सबारे छलफल, अध्ययन, मन्थन र मनन्का यस्ता अवसर र कार्यक्रमहरु नियमित र बिस्तारित हुँदै जानुपर्ने धारणा राख्नुभयो । उहाँले यस वर्षको नाराले समाज र हाम्रो ब्यवहारमा ब्याप्त विभेद, हेय र कलंक सजगतापुर्वक हटाउँदै मर्यादा र मानव मूल्यको प्रवद्र्धन गर्नको लागि आवश्यक मनन्, चिन्तन, मन्थन गर्न र अभ्यासहरु अबलम्बन गर्न घच्घच्याएको बिचार राख्नुभयो । विश्वभरि नै सञ्जाल रहेको बायोइथिक्स समूहमा नेपाल सन् २०१३ मा संलग्न भएको हो । सन् २०१६ देखि अक्टोबर १९ मा विश्व बायोइथिक्स दिवस मनाउँदै आएकोछ । युनेस्कोको बायोइथिक्स चेयरले चिकित्सा, स्वास्थ्य र जीवन विज्ञान क्षेत्रमा शिक्षा, सेवा र अनुसन्धानमा नितिनियम (इथिक्स) को अध्यापन, तालिम र अनुसन्धानको लागि जोड दिएकोछ ।

Previous Post

गायक हिमाल सागर र मनिसा सुनारको आवाजमा भन कति चाहियो माया बोलको गितको म्युजिक भिडियो सार्बजनिक

Next Post

चलचित्र ‘सत्यवीर’ बन्ने विराजले निर्देशन गर्दै

Next Post
चलचित्र ‘सत्यवीर’ बन्ने विराजले निर्देशन गर्दै

चलचित्र ‘सत्यवीर’ बन्ने विराजले निर्देशन गर्दै

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal