पारसको गेटअपमा क्यारिकेचर गरेर चर्चामा आएका कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’मा भरतमणी पौडेलले पूर्व युवराज पारस शाह सँग भेट गरेका छन । भरत सँगै ‘कमेडी च्याम्पियन १’ का प्रतिस्पर्धी सुमन कोइरालाले पारस शाह सँग भेट गरेका हुन । दुबैले शुक्रबार काठमाडौंको शेर्पा मलमा पारस निकट व्यक्तिको सहयोगमा पारससँग भेट गरेका हुन् । फेसबुकमा भेट गरेको फोटो सार्वजनिक गर्दै भरतले लेखेका छन ।

नमस्ते !
एकदमै खुसी छु केही दिन अघि पुर्वयुबराज पारस शाह सङ्ग भेट्घाट गर्ने अवसर मिल्यो , उहालाइ भेट्न म र सुमन कोइराला दरबारमार्गको शेर्पा मलमा गएका थियौ, लगभग १ घन्टाको बसाइमा रमाइलो गफगाफ भयो । उहाको शुभचिन्तक थिए भेटघाट पछि झन ठूलो प्रसंशक भए , साच्चैनै भन्नेनै हो भने उहाँ सारै रमाइलो साथी जस्तै हुनुहुदो रहेछ यो अवसर मिलाइदिनु हुने मुनेन्द्र सरलाइ धेरै धेरै धन्यवाद ।

>








Discussion about this post