मादि गाउँपालिका वडा नं. ४ घाम्नुङमा रहेको भाष्कर स्मृति प्रतिष्ठानले हरितालिका तीजको अवसरमा जेष्ठ नागरिक सम्मान तथा तीज विषेश सांगीतिक कार्यक्रम बिहीबार सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि मादी–४ का वडा अध्यक्ष शिवप्रसाद सापकोटाले उद्घाटन गरेको कार्यक्रममा प्रतिष्ठानको बारेमा संस्थापक अध्यक्ष यम बहादुर सापकोटाले वोलेका थिए भने परिकल्पनाकार अमर सापकोटाले साउदी अरबबाट शुभकामना दिएका थिए

कार्यक्रममा भाट समाज काहुँखोलाका अध्यक्ष श्रीराम रानाभाट, जेष्ठ नागरिक सुकुमाया सापकोटा, तारकाङ पोखरा सम्पर्क समाजका अध्यक्ष बलराम सापकोटाले शुभकामना मन्तव्य दिएका थिए । चर्चित कलाकार तुलसी क्षेत्री र कृष्ण भट्टराईले तीज गीत प्रस्तुत गरेका थिए ।
सो अवसरमा जेष्ठ नागरिकहरु केशव सापकोटा, मंगल बहादुर सापकोटा, बुद्धि बहादुर सापकोटा, कुसुदेवी सापकोटा, देवी सापकोटा, पुतली सापकोटा, सुकुमाया सापकोटा र रसा माया सापकोटालाई सम्मान गरिएको थियो ।
त्यसै गरी विद्यार्थीहरु संदिप सापकोटा र अभिषेक सापकोटा, कलाकारहरु तुलसी क्षेत्री र कृष्ण भट्टराईलाई सम्मान गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष दुर्गाबहादुर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक युवराज सापकोटाले र संचालन सचिव रोशन सापकोटाले गरेका थिए ।

Discussion about this post