साउदी अरबमा विगत १६ वर्षदेखि अलपत्र परेकी मोरङकी उषा विश्वकर्मा अन्ततः आफ्नो जन्मभूमि नेपाल फर्किन सफल भएकी छन्।
घरायसी कामका लागि एजेन्टले उषा विश्वकर्मालाई बुद्धी माया मोक्तानको राहदानीमा फोटो टाँसेर भारत हुँदै साउदी अरब पुर्याएको तथ्य खुलेको थियो। लामो समयसम्म पहिचानसम्बन्धी समस्याका कारण पीडित बनेकी उषा विश्वकर्माको उद्धारका लागि विभिन्न तहबाट पहल गरिएको थियो।

लालिगुराँसका सञ्चालक तथा समाजसेवी यम तमु (Yam Tamu) को सक्रिय सहकार्य र नेपाल राजदूतावास, रियादको पहलमा आवश्यक प्रक्रिया पूरा गर्दै उषा विश्वकर्मालाई नेपाल फर्काउन सफल भएको हो।
मानव तस्करी तथा अवैध रूपमा विदेश पुर्याइएका नेपाली श्रमिकहरूको उद्धारमा यो घटना महत्वपूर्ण उदाहरण बनेको छ।
यस उद्धार कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने समाजसेवी यम तमु तथा नेपाल राजदूतावास, रियादप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरिएको छ।

>










Discussion about this post